विशाल आवाज २०७९ फागुन ३ गते
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए ।
काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...
३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३ by विशाल श्रेष्ठNo Comments
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
३ फाल्गुन २०७९, बुधबार ०२:१८३ फाल्गुन २०७९, बुधबार ०२:१८३ फाल्गुन २०७९, बुधबार ०२:१८ by विशाल श्रेष्ठNo Comments
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो ।
आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...
२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९ by एलिनाNo Comments
२७ माघ, जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।
उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोल...
२६ माघ २०७९, बिहीबार १२:२४२६ माघ २०७९, बिहीबार १२:२४२६ माघ २०७९, बिहीबार १२:२४ by विशाल श्रेष्ठNo Comments
विश्वासको मतको प्रस्ताव अस्वीकृत, ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घ...
२६ माघ २०७९, बिहीबार ०७:४१२६ माघ २०७९, बिहीबार ०७:४१२६ माघ २०७९, बिहीबार ०७:४१ by विशाल श्रेष्ठNo Comments
ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको ।
पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।
वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्...
२४ माघ २०७९, मंगलवार ०७:१९२४ माघ २०७९, मंगलवार ०७:१९२४ माघ २०७९, मंगलवार ०७:१९ by विशाल श्रेष्ठNo Comments
चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।
...
२२ माघ २०७९, आईतवार ०८:२८२२ माघ २०७९, आईतवार ०८:२८२२ माघ २०७९, आईतवार ०८:२८ by एलिनाNo Comments
चितवन-२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आइतबार निर्वाचन आयोग पुगेका हुन्।
निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै उनी आयोगमा पुगेका हुन्।
‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो। काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो,’ श्रेष्ठले भने, ‘त्यतिखेर निर्णय भएको भए रवि लामिछाने उम्मेदवार बन्नु हुने थिएन। उहाँ उपप्रधानमन्त्री भएको मान्छे ‘बेस लेभ...
२१ माघ २०७९, शनिबार ०८:१४२१ माघ २०७९, शनिबार ०८:१४२१ माघ २०७९, शनिबार ०८:१४ by एलिनाNo Comments
२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ ।
आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।”
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रध...