Advertisement
Advertisement

बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement
Advertisement

 

 विशाल आवाज २०७९ फागुन ३ गते 

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए ।

काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले शाहसहित स्थानीय तह निर्वाचन खर्च पेश नगर्ने महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे ७ लाख जरिवाना तिराउने निर्णय गरेको थियो । निर्वाचन कानूनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानूनी व्यवस्था नरहेको भन्दै आयोगले शाहको निवेदन अस्वीकार गरेको थियो 

त्यसपछि शाह सर्वोच्च गएका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×