Advertisement
Advertisement

Day: ३ फाल्गुन २०७९, बुधबार १३:५०

गलत आरोप लगाएर मिडियाले बदनाम गरेको पवन खतिवडा ‘म्याकुरी’ को दाबी

गलत आरोप लगाएर मिडियाले बदनाम गरेको पवन खतिवडा ‘म्याकुरी’ को दाबी

Breaking News, Breaking news 1, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, समाचार
मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका भनेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जना भन्ने आरोप सरासर तथ्यहिन रहेको पवन खतिवडाले जनाएका छन्। बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो भन्ने हल्ला निराधार रहेको पवन खतिवडाले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन्। खतिवडाले आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुलाइ विभिन्न ठुला खाले मिडिया र त्यहिको स्थानीय पेज हरुले पनि गलत र भ्रामिक समाचार सम्प्रेषण गरेर आफ्नो वदनाम गरेको उल्लेख गरेका छन्। उनका अनुसार आफु घटनास्थलमा रहेको कारण प्रहरीले सोधपुछ जानकारीको लागि मात्र आफुलाइ प्रहरी चौकि लगेको र बाहिर आएको हल्ला अनुसार केह...
बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

Breaking News, जानकारी, देश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
   विशाल आवाज २०७९ फागुन ३ गते  काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए । काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...
गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

Breaking News, जानकारी, देश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

Breaking News, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
३ फाल्गुण, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण...
सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

Breaking News, देश, मनोरञ्जन, मनोरन्जन, साहित्य
  हजारमा आज मलाई छानेर पो मार्‍यो ।।   स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।   तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो मार्‍यो ।।   बिताएका सबै अतित सझी ल्याउदा त । आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।   बैगुनीले स्वार्थ लुटि आज एक्लै पार्याे। हात समाई अर्कै खोला तारेर पो मार्‍यो ।।   नक्कले ले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।  ...