![]()
मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका भनेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जना भन्ने आरोप सरासर तथ्यहिन रहेको पवन खतिवडाले जनाएका छन्।
बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो भन्ने हल्ला निराधार रहेको पवन खतिवडाले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन्।
खतिवडाले आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुलाइ विभिन्न ठुला खाले मिडिया र त्यहिको स्थानीय पेज हरुले पनि गलत र भ्रामिक समाचार सम्प्रेषण गरेर आफ्नो वदनाम गरेको उल्लेख गरेका छन्। उनका अनुसार आफु घटनास्थलमा रहेको कारण प्रहरीले सोधपुछ जानकारीको लागि मात्र आफुलाइ प्रहरी चौकि लगेको र बाहिर आएको हल्ला अनुसार केहि नरहेको बताएका छन्।
पवन खतिवडा ‘म्याकुरि’को फेसबुक स्टाटस जस्ताको त्यस्तै










