शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै
शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ फेब्रुअरी १० मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए ।
साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।...
२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाको रोजगारीले नेपालमा सीप
सबिता खड्का / नागरिक दैनिक :
दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’
दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो।
‘त्यस्तो आन...
१३ कार्तिक २०८०, सोमबार १५:०११३ कार्तिक २०८०, सोमबार १५:०११३ कार्तिक २०८०, सोमबार १५:०१ by विशाल श्रेष्ठNo Comments
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना भएको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" लुम्बिनी डेउ क्लब गजेदोले चुम्न सफल भएको छ।
बिहान ८ बजे देखि सुरुवात भएको प्रतियोगितामा ३२ ओटा टिम सहभागी पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे खेलेर प्रतियोगिता सुरु गरेका थिए। कार्यक्रममा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) र गोल नेपाल डटकम प्रतिनिधि निरज कार्की लाई सम्मान सम्मान पनि गरिएको थियो ।
प्रतियोगितामा विजेता टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदो र उपविजेता फारान/ दमक फुटबल क्...
१२ कार्तिक २०८०, आईतवार १४:२८१२ कार्तिक २०८०, आईतवार १४:२८१२ कार्तिक २०८०, आईतवार १४:२८ by विशाल श्रेष्ठNo Comments
डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न
विशाल आवाज:डाइनामिक मोरङ कमिटी दक्षिण कोरिया ले अक्टोबर २८/२९ मा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण, ओन नाइट स्टे बनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ।
व्यस्तताका बाबजुद पनि परदेशमा रहेर आफ्नो चाडपर्व मनाउन प्रवासी हरु एक भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने संरक्षक श्री चन्द्र फुयाल र श्री नवराज शिवकोटी तथा कार्यसमितिका सहित सम्पुर्ण सहभागी साथीहरूलाई आयोजकले हार्दिक आभार प्रकट गरेको छ।
पूर्वाञ्चल सरोकार समाज का अध्यक्ष गजेन्द्र शेर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागीता शुल्क पुरुषको लागि ९ मान वन र महिलाको लागि ६ मानवन तोकिएको थियो। 서울 강북구 삼양로 181 길 206 소귀골 백운산장 मा आयोजित कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यवाद दिदै आयोजकको तर...
२४ आश्विन २०८०, बुधबार ०७:३६२४ आश्विन २०८०, बुधबार ०७:३६२४ आश्विन २०८०, बुधबार ०७:३६ by विशाल श्रेष्ठNo Comments
बलिउड अभिनेता सनी देओलको हालै फिल्म 'गदर २' प्रदर्शन भएको थियो। फिल्मले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो।
फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म 'रामायण' मा हनुमान बन्न प्रस्ताव राखेका छन्।
फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।
निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ।
यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।
यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डि...
२१ आश्विन २०८०, आईतवार १५:०७२१ आश्विन २०८०, आईतवार १५:०७२१ आश्विन २०८०, आईतवार १५:०७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न
विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...
२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२ by विशाल श्रेष्ठNo Comments
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु
बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो ।
सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
२० आश्विन २०८०, शनिबार ०१:२३२० आश्विन २०८०, शनिबार ०१:२३२० आश्विन २०८०, शनिबार ०१:२३ by विशाल श्रेष्ठNo Comments
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो ।
भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स-रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएकव छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।
...
१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५ by विशाल श्रेष्ठNo Comments
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने
नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास, 지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।
सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगा...
१८ आश्विन २०८०, बिहीबार ०२:५११८ आश्विन २०८०, बिहीबार ०२:५११८ आश्विन २०८०, बिहीबार ०२:५१ by विशाल श्रेष्ठNo Comments
८ असोज, काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।
स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।
टिकास के हो ?
जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने...