Advertisement
Advertisement

कोरियाको रोजगारीले नेपालमा सीप

Advertisement
Advertisement

कोरियाको रोजगारीले नेपालमा सीप

दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’ 

दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो।

‘त्यस्तो आनन्दको देश छोडेर आउने धेरै कम हुन्छन्। कोरिया छोड्न जो कोहीले सक्दैनन्,’ उनले भने, कोरिया छोड्नलाई आफ्नो देश प्रतिको मन हुनुपर्छ। देशप्रतिको माया विश्वास कमै मानिसमा छन्। मन हुनुपर्छ विदेश छोड्नलाई त्यो मन सबैसँग छैन। विदेशमै कमाउने उतै रमाउने प्रायको उद्देश्य छ।’ 

उनले थपे, ‘विदेश जाने। त्यहाँको सीप सिकेर स्वदेशमा स्वर्णिम व्यवसाय सञ्चालन गर्ने हो। विदेशमा काम गर्‍यो। उतै हरायो। त्यो के औचित्य भयो र ? मरेपछि बाकसमा फर्केर आउनु पर्छ। आफ्नै देशको माटोमा मर्नु जस्तो स्वाद अन्त कहाँ पाइन्छ र ?’ 

२७ वर्षको उमेरमा कोरिया पुगेका गोले आज ४१ वर्ष हुँदा १० करोड रुपैयाँ सम्पत्तिका मालिक भएका छन्। उनको पारिवारिक खर्चको त कुनै अनुमान छैन। आम बेरोजगार नेपाली युवाका लागि दक्षिण कोरिया एक सुन्दर सपनाको देश हो। तुलनात्मक रूपमा सुरक्षित, व्यवस्थित, मर्यादित र आकर्षक गन्तव्य देश मानिने गरेको गोलेको आफ्नो अनुभव सुनाए।

‘कोरियामा जाने नेपालीको जीवन धेरै सुन्दर छ। त्यहाँ कम्तीमा २ लाख ५० हजार त कमाई नै हुन्छ,’ उनले भने, ‘अलिक वर्षपछिको त्यहाँको श्रमिकको आम्दानी भनेकै ५ लाख भन्दा बढी पनि हुन्छ। महिनामा ४ लाख हाराहारी त मेरै आम्दानी थियो। मिठो कमाई हुन्छ। तर, त्यसलाई जोगाउन सक्नु पर्‍यो।’ उनी अघि बढे, ‘कोरियामा पनि पैसा खर्च हुने विभिन्न माध्यम छन्। रमझमका निमित्त नेपालीहरू क्लब, डान्स बार धेरै धाउने पनि हुन्छन्। पैसा स्वाँ भएको कसैलाई पत्तो हुदैन्। पैसाको निम्ति धेरैले विभिन्न फन्दामा पार्ने गरेका पनि हुन्छन्। विदेश किन आएको हो भन्ने पहिलो मुलभाव बुझ्न जरुरी छ।’ 

गोलेको अब कोरिया जाने बाटो बन्द भएको छ। स्वदेशमा नै केही व्यवसाय गर्ने उनको परियोजना चलिरहेको छ। कोरियामा श्रम गरेर ल्याएको आम्दानी र सीपलाई स्वदेशमै लगानी गर्ने गोलेले बताए। 

‘नेपाल फर्किन नेपालीमा ठुलो मन चाहिन्छ। ज्यान कोरियामा भए पनि हरपल मानसिक सोचहरू स्वदेशमै हुन्छ,’ उनले भने, ‘जसले गर्दा आज स्वदेश फर्किएको छु। ख्याल ख्यालमा कोरिया पुगेको थिए। तर, आज स्वदेश फर्कँदा कुनै पछुतो छैन। मलाई गर्व छ। विदेशको धन आफ्नो देश ल्याउँदा। यो धनलाई यसै सकिन दिन्न। यो धनलाई हराभरा बनाउने मन छ।’

उनले थपे, ‘कोरियाबाट ल्याएको धनलाई हराभरा बनाउँदै देशको सेवा गरी मेवा फलाउने छु। यो देश र समाजको लागि केही गर्नु छ। धेरै वर्ष स्वदेश नबसेर होला। आफ्नै देश विदेश झैँ लाग्छ। केही महिना लाग्ला देशको भित्री मर्म बुझ्न। त्यसपछि देशले के मागिरहेको छ, त्यसमै व्यवसाय होस् वा अन्य केही गर्ने उद्देश्य छ।’

त्यस्तै गोले जस्तै कोरियाको भिसा छाडेर स्वदेशमै व्यवसाय सुरु गर्ने अर्का दीपक चापागाईँ रहेका छन्। २०६७ सालमा भाषा परीक्षा उत्तीर्ण भएपछि वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया उनी पुगेका थिए। उनका अनुसार सुरुमा कोरिया पुगेको एक वर्षसम्म प्लास्टिक कम्पनीमा काम गरे। पछि विश्वकै उत्कृष्ट पानी जहाज बनाउने कोरियाको गर्जेदोस्थित जहाज कम्पनीमा काम गर्न पुगेको अनुभव उनले गरे।

‘त्यहाँ फलामको धाउ (कच्चा पदार्थ) ल्याएर पानी जहाजसम्मका सबै प्रकारका वस्तु बन्ने गरेको अध्ययन गर्ने मैका मिल्यो,’ उनले भने, ‘पानी जहाजको पाइप बनाउने कम्पनी (सङवन गिअप) मा काम थियो। मैले पाइप चम्काउने, पाइप निर्माण गर्ने, कभर गर्ने जस्ता कामको अवसर पाएँ। त्यसै क्रममा करिब ८ सय नेपाली कामदारमा उत्कृष्ट कार्य सम्पादन गरेर २ पटकसम्म पुरस्कृत हुने मौका पाएँ।’ उनले थपे, ‘नेपालीहरू मध्ये कम काम गरेर सबैभन्दा बढी तलब थाप्ने सौभाग्य पनि मिलेको थियो। त्यहाँ काम गर्दा नेपालमा गएर उद्योग स्थापना गर्ने सोच बनाई सूक्ष्म रूपमा अध्ययन गरेर नेपाल फर्केको हुँ। स्वदेशमै आफ्नै २ कठ्ठा जग्गा तार बार गरेर काँटी, किला र नटबोल्ट मेसिन राखी झापाको जामुनवाडीमा डाईमण्ड स्टिल उद्योग स्थापना गरी काम सुरु गरेँ।’

चापागाईँले देशमा आफै उद्योगपति बन्ने दृढ सङ्कल्प बोकेर ५ वर्ष अघि उद्योग सुरु गरेदेखि लगानी १ करोड रहेको थियो भने अहिले ६ करोडको पुजी रहेको उनले बताए।

‘सुरुमा धेरै समस्या झेल्नु पर्‍यो। काँटी तथा नटबोल्ट बनाउने सोच त गरेँ तर त्यसको मेसिन कहाँ पाइन्छ? कस्तो हुन्छ? भन्ने समस्या भयो। अनि गुगल र युट्युबको सहारा लिएर खोजी गरेँ। हाम्रो देशमा दक्ष जनशक्तिको अभावले मेशिन चलाउन अपरेटर गुजरातबाट नै झिकाए,’ उनले भने।

हाल डायमन्ड स्टिल उद्योग मात्र नभई विभिन्न अन्य व्यवसायमा ३५/४० जना युवालाई रोजगारी दिएको उनले बताए। उनको व्यवसायबाट दैनिक ४ हजार टन काँटी उत्पादन हुन्छ। उनको उद्योगमा १/५, २, २/५, ३ र ४ इन्च साइजका काँटी उत्पादन भइरहेका छन्। वार्षिक आय वृद्धि भई राज्यलाई कर तिरेर असल करदाता हुने उनको सोचाई छ।

‘हामीले राज्यबाट के पायौँ भन्दा पनि राज्यलाई के दिन सक्यौँ भन्ने कुरा ठुलो हो,’ उनले भने, ‘ग्र्याजुएट र मास्टर्सको प्रमाणपत्र बाकसमा थन्काएर सय कडा ३६ ब्याजमा विदेशी भूमिमा पसिना र रगत बगाएर अर्काको देश समृद्धि बनाउन हैन युवाहरू आफ्नै देशमा उद्योगी बन्नुपर्छ भन्ने मेरो धारणा हो।’ उद्योग खोल्नु भनेको छोराछोरीलाई पनि उद्योगी बनाउनु हो भन्ने सन्देश युवाहरूलाई दिएर देशको श्रम शक्ति देशमै रोक्ने उनको चाहना छ। ‘नेपालमा उद्योग खोलेर सञ्चालन गर्न धेरै कठिनाइ छ,’ उनले भने, ‘तर, असम्भव भन्ने हुँदैन। सुरुवातमा धेरै चुनौती आउँछन्। तर, चुनौतीले सँगै सफलता पनि लिएर आएको हुन्छ भन्ने कुराको सधैँ स्मरण गर्नु पर्छ।’

हाल पूर्व पश्चिम राजमार्ग संगमचोकमा इन्द्रेणी आयल ट्रेडर्स नामक आधुनिक पेट्रोल पम्प सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उद्यमी चापागाईँले बताए। उनका अनुसार सञ्चालन पश्चात् ११ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।

‘राज्यलाई धेरै कर तिर्ने उद्योगको सूचीमा यसलाई पुर्‍याउने छु। मेरो साथीहरू नेपाल आउँदा मलाई देखेर टाउकोमा हात राखेर पछुताउने बनाउने छु। कोरिया छाडेर उद्योग खोल्न भएको भनेर खिसीटिउरी गर्ने मेरा शुभचिन्तकहरू पनि लाजले टाउको निहुर्‍याउने गरी काम गरेर देखाउने छु। त्यसका लागि राज्यबाट आवश्यक सहयोगको अपेक्षा राखेको छु,’ उद्यमी चापागाईँले भने। उद्यमी बनौँ र भावी सन्तानलाई पनि उद्योगपति बनाऊँ भन्ने उनको मूल नारा रहेको छ।

‘विदेश गएका नेपाली श्रमिकलाई सन्देश छ। देशमा रोजगार नपाएर सस्तोमा श्रम बेच्न विदेश गएका छन्,’ उनले भने, ‘केही समयका लागि विदेश जानु होस्। विदेशमा पनि धेरै कुरा देखेर र भोगेर सिक्न सकिन्छ। सिक्नेहरूका लागि विदेश खुला विश्वविद्यालय हो तर धेरै लामो समयसम्म श्रम र पसिना विदेशी भूमिमा बगाएर आफ्नो देशलाई गाली नगर्नुहोस्।’ उनले थपे, ‘कोरिया नराम्रो होइन। कोरिया सुनमा सुगन्ध छ। तर, त्यहाँ कमाएको पुँजी सङ्कलन गरी विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि ल्याएर नेपालमा नै उद्योग खोलौँ। जीवनभर पराईको भूमिमा दास बनेर हाम्रा छोरा–नातिहरूलाई दास बन्न बाध्य नपारौँ।’

एपिइसका निर्देशक गुरुदत्त सुवेदीका अनुसार कोरियामा कडा परिश्रम गर्नुपर्छ। स्वदेशमा खासै शारीरिक श्रम वा काम नगरेका युवाहरूलाई कोरियाको रोजगारी फलामको च्यूरा चपाए सरह छ।

‘उच्च मनोबलका साथ लगनशील र परिश्रमी व्यक्तिहरूका लागि भने कोरिया रोजगारीले आर्थिक आत्मनिर्भरता उन्मुख गर्दै जीवन जिउने कला सिकाउने देश हो,’ उनले भने, ‘नेपालीहरू कोरियाका विभिन्न प्रान्तमा छरिएर रहेका छन्। ईपिएस कामदारहरू खास गरी उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन्।’

इपिएस कामदार मध्ये करिब १० हजार कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन्। दक्षिण कोरियामा हाल विभिन्न भिसामा धेरै सङ्ख्यामा नेपालीहरू रहेका छन्। यस अन्तर्गत कोरिया जान बर्सेनि हजारौँ आकांक्षीले दरखास्त पर्ने गरेका छन्। जसमध्ये ७/८ हजार जनाले रोजगारीको अवसर पाएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×