ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ
ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ
मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ ।
विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् ।
यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर ...




