Advertisement
Advertisement

ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

Advertisement
Advertisement

 

ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ ।

विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् ।

यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी छ । यसलाई ‘पेय पदार्थको नवप्रवर्तनमा प्रतीक’ को रूपमा कम्पनीले व्याख्या गरेको छ ।  कम्पनीका अनुसार यस पेय पदार्थ प्रयोग गरिएको फर्मुलाले ३० मिनेटमा नै मानिसको शरीरको रगतमा रहेको रक्सीको मात्रा आधाले घटाउनेछ । यसले मानिसहरूलाई ‘अल्कोहल पोइजनिङ र ‘ह्याङओभर’को जोखिमबाट जोगाउने कम्पनीले जनाएको छ ।

वैज्ञानिकद्वारा प्रमाणित सामग्री प्रयोग गरेर बनाइएको ‘सेफ्टी सट’ ले मानिसको पाचन प्रक्रियालाई बढाएर रगतमा रहेको रक्सीको मात्रालाई घटाउने तथा मानिसको पेटमा एउटा सुरक्षात्मक कवच बनाएर थप रक्सीलाई शरीरमा सोस्नबाट रोक्ने बताइएको छ । कम्पनीका अनुसार यो पेय पदार्थ अमेरिकामा डिसेम्बरबाट उपलब्ध हुनेछ र निकट भविष्यमा अन्य बजारमा पनि यसलाई पठाइनेछ । 

यो पेय पदार्थ करिब ३५० मिलीलिटरको क्यानमा उपलब्ध हुनेछ । यसको मूल्य प्रति क्यान ४.९९ अमेरिकी डलर राखिएको छ भने चार क्यानको प्याकलाई १९.९९ अमेरिकी डलर पर्नेछ । यसलाई अमेरिकाभरको फार्मेसीबाट बिक्री गरिनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×