Advertisement
Advertisement

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

Advertisement
Advertisement

𝐀𝐆𝐄𝐍𝐂𝐘/सोल । दक्षिण कोरियाको एउटा अदालतले एक २३ वर्षकी युवतीलाई आजीवन कैदको सजाय सुनाएको छ । कौतुलताका कारण अपरिचितलाई मारेको बताउने जङ्ग यो–जङलाई बुसान जिल्ला अदालतले शुक्रबार जीवनभर कारावासको फैसला सुनाएको हो ।

युवती ‘क्राइम शो’ अति नै हेर्थिन् र त्यस्ता खालका उपन्यासहरुप्रति उनी आशक्त थिइन् । मान्छेलाई कसरी मार्ने भन्ने उत्सुकता बढ्दै गएपछि युवतीले एपमार्फत सिकार खोजेर मारिन् । यो घटनाले सारा कोरिया तरंगित भयो । सरकारी वकिलहरुले युवतीलाई मृत्युदण्डको सजाय मागेका थिए । दक्षिण कोरियामा गम्भीर अपराधमा मृत्युदण्डको सजाय मागिन्छ ।

जङ हजुरबुबासँग बस्थिन र बेरोजगार थिइन् । उनले महिनौँसम्म शिक्षक खोज्ने अनलाइन एपमा सिकार खोजिरहिन् । यसका लागि उनले ५० भन्दा बढी मानिससँग एपमार्फत सम्पर्क गरिन् । उच्च विद्यालय पढ्ने छोरीको आमा बनेर उनले छोरीलाई घरमै अंग्रेजीको ट्युशन पढाइदिने शिक्षक÷शिक्षिका खोजेकी थिइन् र मेमा २६ वर्षीय छोरीलाई पढाइदिन राजी गराइन् । अनलाइनबाट किनेको विद्यालयको पोसाकमा विद्यार्थी नै बनेर उनी ती युवतिको घर गइन् ।

घरभित्र छिर्ने बित्तिकै सय पटकभन्दा बढी पटक शिक्षिकामाथि चक्कु प्रहार गरिन् । शिक्षिका मरेपछि पनि उनले चक्कु हानी नै रहेको खुलासा भएको छ । त्यसपछि शरीरलाई टुक्रा–टुक्रा पारेर अनलाइनबाट ट्याक्सी बोलाइन र बुसानको उत्तरपट्टी नदी नजिकको निर्जन पार्कमा लगेर शवका टुक्रा फ्याँकिदिइन् ।

ट्याक्सी चालकले रगतमा भिजेको सुटकेश देखेपछि शंकास्पद लागेर प्रहरीलाई सुराकी दिए । जङको अनलाइन ब्राउजिङ हिष्ट्री हेर्दा उनले महिनौँसम्म मान्छे कसरी मार्ने र शव कसरी तह लगाउने भनेर सोधखोज गरेको देखिएको प्रहरीको भनाई छ ।

आफ्नो अपराध लुकाउन जङले शिक्षिकाको घरको सीसीटीभी नष्ट गर्ने प्रयास चाँहि गरिनन् । सीसीटीभीमा उनी कयौँ पटक शिक्षिकाको घरभित्र छिरेको र बाहिरिएको देखिएको छ । यो घटनापछि बिना कारण पनि मान्छे मरिने रहेछ भन्ने भय समाजभर फैलिएको मुद्दाको सुनवाइका क्रममा न्यायाधीशले भनेका थिए । जुनमा नै जङले आप्mनो अपराध स्वीकार गरेकी थिइन् ।

घटनाको बेलामा आफू हलुसिनेसन र अन्य मानसिक विकृतिहरुबाट पीडित रहेको भन्दै जङ्गले कम कठोर सजाय दिन अनुरोध गरेकी थिइन् । तर उनले योजनाबद्ध तरिकाले अपराध गरेकोले उनी मानसिक र शारीरिक विकृतिबाट पीडित थिइन् भन्ने तर्क अदालतले मानेन । सोधपुछका क्रममा जङले आफ्नो बयान बारम्बार फेरिरहेकी थिइन् । तर अन्त्यमा क्रइम शो र टिभीमा आउने अपराधसम्बन्धी कार्यक्रमहरु हेरेर आफूलाई हत्या गरौं भएको भनेर उनले स्वीकार गरेकी थिइन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×