‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट
‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट
काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् । डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएको शोका निर्देशक नरेश नाथ योगीले बताए ।
छानिएका प्रतियोगीतमा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना रहेका छन् ।
प्रतियोगीताको अवको राउण्ड टेलिभिजनबाट टप १८ देखि सुरु हुनेछ । टप १८ बाट एकसम्म पुगेर विजेता घोषणा गरिने आयोजकले जनाएको छ । शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रूपमा प्रस्तुत गर्नुपर्ने छ ...









