आगामी फेब्रुअरी १६, २०२६ (सलनाल) को अवसरमा किम्हे नेपाली युनिटी दक्षिण कोरियाले किम्हे शहरमा एक भव्य ‘सलनाल डान्स पार्टी’ आयोजना गर्न लागेको छ। नेपालका दुर्गम बस्तीमा शैक्षिक सामग्री सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन किम्हे नेपाली युनिटीका संयोजक राज लामा मोक्तानले गरिरहेका छन्।
कार्यक्रममा DJ C-Man को प्रस्तुति, साथै Meenu र Asha का दमदार डान्स तथा होस्टिङ रहनेछ। मनोरञ्जन, भेटघाट र समुदायबीच एकता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागी सबैका लागि विशेष व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम स्थलसम्म आउन चाहनेको सुविधा ध्यानमा राख्दै किम्हेबाट निःशुल्क बस सेवा उपलब्ध गराइनेछ।
🔸 कार्यक्रम विवरण
• मिति: फेब्रुअरी १६, २०२६
• स्थान: 김해시 가야로 202 (태평프라자 101)
• समय: बेलुका ७ बजे–बिहान ५ बजे
• उद्देश्य: नेपालका दुर्गम बस्त...
४ मंसिर २०८२, बुधबार १०:४७४ मंसिर २०८२, बुधबार १०:४७४ मंसिर २०८२, बुधबार १०:४७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको जुङ्बुक (중복 대소) क्षेत्रमा बसोबास गर्दै आएकी माया रोस्याराको असामयिक र अकल्पनीय निधन भएको घटनापछि, उहाँको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ।
माया रोस्यारा डडेलधुरा जिल्ला, नवदुर्गा गाउँपालिका–१ देउमाडाकी बुबाघर तथा हाल कोरियामा E-7-4 भिसाधारी पुस्कर राज धिक्त्तकी धर्मपत्नी हुन्।
उहाँ ४ महिनाकी नवजात शिशुकी आमा समेत हुनुहुन्थ्यो। आत्महत्याको कारणबारे आधिकारिक पुष्टि नभए पनि, स्थानीय सुरक्षा निकायले आवश्यक अनुसन्धान जारी राखेको बुझिएको छ।
दुर्भाग्यवश, माया रोस्यारा F-3 (dependent) भिसामा रहेकाले कुनै प्रकारको बीमा सुविधा उपलब्ध नभएको र पार्थिव शरीर नेपाल पठाउन डरलाग्दो मात्रामा खर्च हुने भएकाले कोरियास्थित सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गरेको जनाएको छ।
समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिन...
२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्।
सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पुर्याइएको थियो।
CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...
११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५ by एलिनाNo Comments
२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ।
देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे।
कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए।
उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो।
सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।...
९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ।
मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए।
घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए।
घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन।
यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ।
गायन र वाद्...
५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ।
महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ।
सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।”
सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच अत्यधिक लोकप्रिय बनिरहेको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप–२०२५” आइतबार, अक्टोबर ५ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको यो प्रतियोगिता “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुवोनस्थित आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियममा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न जिल्लाका समुदाय समितिहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको यस संस्करणको विजेता बन्न सफल भएको छ गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, जसले उपाधिसँगै नगद २५ लाख ५५ हजार ५५५ वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै उपविजेता बन्न सफल भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले १५ ल...
२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ।
इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो।
हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।”
सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए।
ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
२० आश्विन २०८२, सोमबार १३:०९२० आश्विन २०८२, सोमबार १३:०९२० आश्विन २०८२, सोमबार १३:०९ by एलिनाNo Comments
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको “Harka Sampang: A Revolution” अभियान अब विदेशमा समेत फैलिन थालेको छ। सोही अभियानअन्तर्गत दक्षिण कोरियाको राजधानी सिओलमा पहिलो संगठन निर्माण कार्यक्रम सम्पन्न भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नाराका साथ अघि बढाइएको अभियानको कोरियास्थित संगठन गठन कार्यक्रम पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आज (अक्टोबर ६) विशेष रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्र र सहरबाट श्रम, सेवा र राष्ट्रिय भावना बोकेर आएका नेपालीहरूले “हामी जुट्ने छौं, हामी उठ्ने छौं, श्रमको पसिना बगाउने छौं” भन्ने उत्साहका साथ सहभागिता जनाएका थिए।
कार्यक्रममार्फत चन्द्रहाङ राईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: चन्द्रहाङ राई
• वरिष्...
१९ आश्विन २०८२, आईतवार १२:२४१९ आश्विन २०८२, आईतवार १२:२४१९ आश्विन २०८२, आईतवार १२:२४ by एलिनाNo Comments
“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन गत २०२५ अक्टोबर ५ आईतवार का दिन दक्षिण कोरियाको सउलस्थित दोङ्देमुन नमस्ते रेस्टुरेन्ट सभाहलमा भव्यरूपमा सम्पन्न भएको छ।
कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा डा. प्रदीप अधिकारी संयोजक अनी खोम प्रसाद गुरुङ र राजेश सुवेदी सदस्य रहेका निर्वाचन मण्डलले सन्तोष गुरुङको नेतृत्वमा नवौं कार्यसमिति चयन गरिएको हो।
नव–निर्वाचित कार्यसमिति (२०२५–२०२७):
• अध्यक्ष: सन्तोष गुरुङ
• वरिष्ठ उपाध्यक्ष: कपिल अधिकारी
• महिला उपाध्यक्ष: सन्जना परियार
• उपाध्यक्षहरू: अमर थापा मगर, पोम गुरुङ
• महासचिव: चिरञ्जीवी के.सी.
• सचिव: बिक्रम के.सी.
• कोषाध्यक्ष: सि.बी. कार्की
• सह–कोषाध्यक्ष: लिला गुरुङ
सदस्यहरू:
मिलन लामिछाने, बद्री अधिका...