२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ।
देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे।

कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए।
उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो।
सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।
Post Views: 380











