Advertisement
Advertisement

कोरियामा विद्यार्थी भिसामा आएकी २० वर्षीया युवतीले बच्चा जन्माएर बालगृह अगाडि फ्याँकेपछि पक्राउ 

Advertisement
Advertisement

दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ।

प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्।

सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पु‍र्‍याइएको थियो।

CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनुसन्धानमा उनीहरूले बच्चा परित्याग (child abandonment) गरेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार, उक्त महिला विद्यार्थी भिसामा कोरिया आएकी थिइन् तर पछिल्ला महिनामा अवैध रूपमा बसोबास (overstay) गर्दै आएकी थिइन्। उनले बयानमा भनेकी छन् —

“मैले आमाबुबाको अनुमति बिना बच्चा जन्माएको थिएँ। धेरै डर लाग्यो, र आफैंले बच्चा हुर्काउन सक्दिनजस्तो लाग्यो। त्यसैले मोबाइलबाट बालगृह खोजेर त्यहाँ बच्चा राखिदिएँ।”

हाल प्रहरीको महिला विभागले उनीहरूलाई बाल कल्याण ऐन उल्लङ्घन (शिशु परित्याग) मुद्दामा निजी जमानतमा (불구속) अनुसन्धान गरिरहेको छ। साथै, A लाई कोरिया छोड्न रोक्का (departure ban) लगाउन न्याय मन्त्रालयमा अनुरोध गरिएको छ।

अस्पतालमा करिब १० दिन उपचारमा रहेका नवजात शिशु अहिले स्वस्थ अवस्थामा छन् र बाल संरक्षण केन्द्रमा सुरक्षित रूपमा राखिएको कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

थेजन सिओ–गु कार्यालयका एक अधिकारीले भने,

“आमाको अस्पताल अभिलेख नभएकाले शिशुको जन्म प्रमाणपत्र बनाउन कठिनाइ भइरहेको छ। हामीले भियतनाम दूतावाससँग बच्चाको नागरिकता र दर्ता सम्बन्धी सहयोग मागेका छौं।”

यो घटना दक्षिण कोरियामा बढ्दो विदेशी विद्यार्थी र श्रमिकबीचका सामाजिक–मानसिक समस्याहरू उजागर गर्ने दुःखद उदाहरणका रूपमा देखिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×