नेपाल तामाङ घेदुङ दक्षिण कोरियले आफ्नो १२औं महाधिवेशन आगामी नोभेम्बर २३ (आईतबार)का दिन गर्ने सौलमा गर्ने भएको छ।
संस्थाले जारी गरेको सूचनामा सो महाधिवेशनमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई सादर अनुरोध गरिएको छ।महाधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम 서울시 종로구 창신길 51, 5층 MG 새마을금고 동대문 मा हुनेछ। उक्त स्थलमा दुङदेमुन गेट नम्बर १, २ वा ३ बाट हिँडेर करिब ४ मिनेटमा पुग्न सकिने जानकारी पनि आयोजकले दिएका छन्।
संस्थाका पदाधिकारीका अनुसार महाधिवेशनमा संगठनको वार्षिक प्रतिवेदन, भावी योजना र नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुनेछ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले कोरियामा रहेका तामाङ समुदायबीच एकता, संस्कृति संरक्षण र सामाजिक भावनाको सुदृढीकरणका लागि बिभिन्न कार्यक्रम गर्नुका साथै कोरिया लगायत नेपालमा सहयोग गर्दै आइरहेको छ।
कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ लगायत गै...
२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्।
सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पुर्याइएको थियो।
CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...
२० कार्तिक २०८२, बुधबार ०३:५३२० कार्तिक २०८२, बुधबार ०३:५३२० कार्तिक २०८२, बुधबार ०३:५३ by एलिनाNo Comments
दक्षिण कोरियामा एक किशोरले चलाएको इलेक्ट्रिक स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अदालतले ती बालकका अभिभावकलाई १० करोड वोन (करिब ६९ हजार अमेरिकी डलर) तिर्न आदेश दिएको छ।
दक्षिण कोरियाको समाचार संस्था JTBC का अनुसार, यो घटना २०२३ जुन महिनामा भएको थियो। दुई जना १३ वर्षका केटाहरूले भाडामा लिएको इ-स्कुटर चलाइरहेका बेला सडकमा पैदल हिँडिरहेका एक वृद्धलाई ठक्कर दिएका थिए। ठक्करका कारण वृद्धको टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको थियो।
कोरियाली कानुनअनुसार, १६ वर्ष वा सोभन्दा माथिका र मोटरसाइकल लाइसेन्स प्राप्त व्यक्तिहरूले मात्र व्यक्तिगत मोबिलिटी उपकरण (जस्तै इलेक्ट्रिक स्कुटर) चलाउन पाउने व्यवस्था छ। तर ती किशोरहरूले कुनै लाइसेन्स प्रमाणीकरण बिना नै भाडामा स्कुटर लिएर चलाएका थिए।
घटनापछि अदालतले ती बालकलाई किशोर संरक्षण अन्तर्गत (Protective Disposition) राख्ने आदेश दियो। अभिभा...
२० कार्तिक २०८२, बुधबार ०१:२९२० कार्तिक २०८२, बुधबार ०१:२९२० कार्तिक २०८२, बुधबार ०१:२९ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्याउनेछ। बोलचालमा संयमता आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप ...