आगामी फेब्रुअरी १६, २०२६ (सलनाल) को अवसरमा किम्हे नेपाली युनिटी दक्षिण कोरियाले किम्हे शहरमा एक भव्य ‘सलनाल डान्स पार्टी’ आयोजना गर्न लागेको छ। नेपालका दुर्गम बस्तीमा शैक्षिक सामग्री सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन किम्हे नेपाली युनिटीका संयोजक राज लामा मोक्तानले गरिरहेका छन्।
कार्यक्रममा DJ C-Man को प्रस्तुति, साथै Meenu र Asha का दमदार डान्स तथा होस्टिङ रहनेछ। मनोरञ्जन, भेटघाट र समुदायबीच एकता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागी सबैका लागि विशेष व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम स्थलसम्म आउन चाहनेको सुविधा ध्यानमा राख्दै किम्हेबाट निःशुल्क बस सेवा उपलब्ध गराइनेछ।
🔸 कार्यक्रम विवरण
• मिति: फेब्रुअरी १६, २०२६
• स्थान: 김해시 가야로 202 (태평프라자 101)
• समय: बेलुका ७ बजे–बिहान ५ बजे
• उद्देश्य: नेपालका दुर्गम बस्तीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग
🔸 टिकटमा विशेष अफर
• १ टिकट किन्नुहुने सहभागीलाई १ वटा Free Cass उपलब्ध गराइनेछ।
समुदायिक एकता, सहयोग र मनोरञ्जनलाई जोड्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो कार्यक्रम सफल पार्न आयोजक Gimhae Nepali Unity South Koreaले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।












