Advertisement
Advertisement

रगत बगाएर होइन, रगत दिएर इतिहास लेख्ने नेपाली: केदार अधिकारीको कोरियामा १००औँ रक्तदान 

Advertisement
Advertisement

मानवता कुनै भाषामा सीमित हुँदैन, कुनै देशमा रोकिन्न। त्यही मानवताको एउटा जीवित उदाहरण हुन् -केदार अधिकारी। दक्षिण कोरियाको व्यस्त जीवन, कामको चाप र आफ्नै संघर्षबीच पनि मानवता नछोड्ने नछोड्ने एउटा नाम हो केदार अधिकारी। मकवानपुर हेटौँडामा जन्मिएर हाल काठमाडौँ हुँदै सन् २०१० देखि ख्यङ्नामनाम्दो छाङ्वन दक्षिण कोरियालाई कर्मथलो बनाएका अधिकारीले आज कोरियामा १००औँ पटक रक्तदान गर्दै एउटा प्रेरणादायी इतिहास रचेका छन्।

पहिलो पटक कोरियामा २०१३ नोभेम्बर २० मा सुरु भएको उहाँको रक्तदान यात्रा आज केवल संख्या होइन, सयौँ जीवन बचाउने साहस र समर्पणको कथा बनेको छ। नेपालमा १७ पटक र कोरियामा १०० पटक गरी हालसम्म कुल ११७ पटक रक्तदान यो कुनै सामान्य उपलब्धि होइन, यो निस्वार्थ सेवाको उच्चतम उदाहरण हो। यो केवल अंक होइन, सयौँ जीवन बचाउने साहस, धैर्य र समर्पणको कहानी हो।

कामको व्यस्तता, पारिवारिक जिम्मेवारी र प्रवासी जीवनका चुनौतीबीच पनि उहाँले कहिल्यै मानव सेवाबाट पछि हट्नुभएन। हाल ख्यङ्नाम नेपाली समाज, दक्षिण कोरिया का सह–कोषाध्यक्षको रूपमा समेत सामाजिक सेवामा सक्रिय उहाँ धेरैका लागि आशाको प्रतीक बन्नु भएको छ। 

आजको यस ऐतिहासिक अवसरमा कोरियन रेडक्रस तथा सम्बन्धित संस्थाले उहाँको दीर्घकालीन र निस्वार्थ योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गरेको छ।

रेडक्रसका प्रतिनिधिहरूले उहाँलाई “रगत दिने होइन, जीवन बचाउने व्यक्ति” भनेर सम्मान व्यक्त गरेका छन्। केदार अधिकारीको निरन्तर कर्म, अनुशासन र सेवाभावबाट प्रेरित भएर उहाँसँगै आएका एक साथीले आज पहिलो पटक रक्तदान गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×