आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्याली आयोजना हुने
Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, मनोरन्जन
दक्षिण कोरियामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार सउलमा नेपाली मौलिक पञ्चेबाजासहितको सांस्कृतिक र्याली आयोजना हुने भएको छ।
सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’), दक्षिण कोरियाको आयोजनामा अक्टोबर २५, आइतबार आयोजना हुने बडा दसैँ टीका, जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रमको अवसरमा उक्त र्याली सञ्चालन गर्न लागिएको हो।
र्याली बिहान १०:३० बजे दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सुरु हुनेछ। नेपाली मौलिक पञ्चेबाजासहितको र्याली दोङ्देमुनबाट कार्यक्रमस्थलसम्म सञ्चालन गरिनेछ।
विदेशी भूमिमा नेपाली राष्ट्रिय पहिचान झल्काउने तथा मौलिक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको र्यालीमा सहभागी हुन आयोजकले कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ। सहभागीहरूलाई सम्भव भएसम्म दौरा–सुरुवाल, साडी–चोली वा आ–आफ्नो जात...









