दाइ भाइ संगठन नेपाल कोरियाको पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता जनवरी २२ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:"मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि खेलको सहारा,परदेशमा एकआपसमा भाईचारा" भन्ने मुख्य नारा लिएर दक्षिण कोरिया स्थित दाजुभाइ संगठन नेपालले कोरियामा नयाँ वर्ष तथा महान् पर्व सलानलको अवशर पारेर पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।
बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न र घरदेशको झझल्को मेटाउने उद्देश्यका साथ स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर दाजुभाइ संगठन नेपाल कोरियाले २०२३ जनवरी २२ तारिखका दिन बिहान ९ बजे बाट गर्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न २०२३ जनवरी १४ तारिख सम्म IBK BANK(기업) 01098195399 KHATRI KHIM BAHADUR को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। नकआउट तरिकामा २१ पोइन्टको ३ सेटको (best of three system) को आधारमा खेलाइने प्रतियोगिताको सिनियर तर्फको डबल बिजेताले तिन लाख वन (३,००...
