Advertisement
Advertisement

Breaking news 1

अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ। विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ। श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ। नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...
नेपाली राष्ट्रिय कलाकार मिलन नेवार MAMF 2025 का लागि कोरिया आउँदै

नेपाली राष्ट्रिय कलाकार मिलन नेवार MAMF 2025 का लागि कोरिया आउँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – प्रवासी नेपालीको गर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्ने बहुसांस्कृतिक कार्यक्रम Migrants’ Arirang Multicultural Festival (MAMF) को २०औं संस्करण आगामी अक्टोबर २४, २५ र २६ तारिखमा दक्षिण कोरियाको चाङवोन शहरमा भव्य रुपमा आयोजना हुने भएको छ। 경남 이주민 센터 차원 द्वारा आयोजना हुने यस कार्यक्रममा करिब १६ वटा राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृतिको झल्को दिने प्रस्तुतीमार्फत विश्वसामु आफ्नो देशको परिचय दिनेछन्। नेपालतर्फबाट यस वर्ष विशेषत: नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) लाई प्रमोट गर्ने उद्देश्य राखिएको छ। परेडमा समेत यसै संस्कृतिलाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। साथै, स्थानीय नेपाली कलाकारहरूको विविध प्रस्तुतीमार्फत नेपाली कला–संस्कृति झल्काइनेछ। यसै क्रममा, नेपालका चर्चित राष्ट्रिय कलाकार मिल...
छुसकमा थेगुमा स्याङ्जा परिवारको भव्य सांगीतिक धमाका हुँदै 

छुसकमा थेगुमा स्याङ्जा परिवारको भव्य सांगीतिक धमाका हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 कोरियामा कार्यरत नेपाली समुदायबीचको एकता र सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले स्याङ्जा परिवार दक्षिण कोरिया, थेगु शाखाले छुसक पर्वको अवसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । “अनाथ बालबालिकाको सहयोगार्थ” समर्पित उक्त कार्यक्रम आगामी अक्टोबर ५, २०२५ (आइतबार) का दिन थेगु सहरमा हुने भएको आयोजक समितिले जानकारी दिएको छ । यस कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र स्याङ्जा परिवार किम्हे–बुसान शाखाले सह-आयोजनाको जिम्मेवारी लिएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् । “प्रवासी जीवनमा एकता, उपकार र सद्भावको भावना बाँड्दै रमाइलो गर्ने उद्देश्यका साथै, नेपालमा रहेका अनाथ बालबालिकाको सहयोगार्थ यो कार्यक्रम समर्पित गरिएको आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, समाज र नेपाली दाजुभाइ तथ...
छुसकमा कोरियामा गुन्जिँदै सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्ड  

छुसकमा कोरियामा गुन्जिँदै सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्ड  

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – कोरियामा रहेका नेपालीहरूले यसपालिको छुसक पर्वलाई विशेष बनाउन पाउने भएका छन्। पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “पाँचथर सांगीतिक सौगात भाग–२ (२०२५)” अन्तर्गत चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटीले दक्षिण कोरियामा लाइभ प्रस्तुत गर्ने भएका छन्। “ग्रामीण क्षेत्रको शिक्षामा सहयोगार्थ साथै आपतकालीन राहत कोष अभिवृद्धि” मूल उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा नेपाली सांगीतिक आकाशका लोकप्रिय आवाज श्रेया राइ र नोगेन लिम्बुको पनि प्रस्तुत हुने भएका छन्। कार्यक्रम २०२५ अक्टोबर ५ (आइतबार) का दिन राजधानी सउलको KUKKIWON, गंगनम मा भव्य रूपमा हुने तय भएको छ।गेट अपराह्न २ बजे खुल्नेछ भने लाइभ प्रस्तुति साँझ ५:३० बजेबाट सुरु हुनेछ। पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीका अनुसार, “पाँचथर सांगीतिक सौगात भाग–२” कार्यक्रम प्रवासी नेपालीबीच भाईचारा...
किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न, बिकास राईले ट्रफी चुमे

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न, बिकास राईले ट्रफी चुमे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बिशाल आवाज –कोरियामा रहेका नेपाली युवाहरूलाई खेल, मनोरञ्जन मात्र नभई बौद्धिक विकासतर्फ पनि उन्मुख गराउने उद्देश्यसहित GKS Korea ले किम्हेमा आईतवार पहिलोपटक बुद्धिचाल (Chess) प्रतियोगिता सम्पन्न गरेको छ। “प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने मूल नारासहित ४० जना प्रतियोगी रहेको प्रतियोगितामा बिकास राई प्रथम हुँदै ट्रफी चुम्न सफल भए।त्यसैगरी, सुमन राई दोस्रो हुँदै उत्कृष्ट प्रदर्शन गरे,र बिबश सम्बाहाम्फे तेस्रो हुँदै पुरस्कार प्राप्त गर्न सफल भए। विजेताहरूमध्ये पहिलो स्थान हासिल गर्दै बिकासले ₩१० लाख नगदसहित ट्रफी प्राप्त गरे। दोस्रो हुँदै सुमनले ₩३ लाखसहित ट्रफी अनी तेस्रो हुँदै बिबशले ₩१ लाख सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रम GKS Korea को आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न गरिएको थियो। आयोजकहरूले यस प्रतियोगिताको उद्देश्य प्रवासी जीवनमा बढ्...
ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
फेन्थेक (कोरिया)। कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै 경기도 (ख्यङ्गि) प्रान्तको फेन्थेक शहरमा नवलपुर समाज दक्षिण कोरियाले सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष हरि कंडेलको अध्यक्षता, संरक्षक सुजन श्रेष्ठको प्रमुख आतिथ्यता, प्रथम अध्यक्ष हेम पाठक, संरक्षक आर.पी देवकोटा, कलाकार एवं समाजसेवी बिष्णु पाण्डेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका सचिव नविन मानन्धरले सञ्चालन गर्नुभएको थियो भने, सल्लाहकार किसन पौडेल, श्री कंडेल, पुरुषोत्तम अर्याल, वरिष्ठ उपाध्यक्ष मनोज पंगेनी, उपाध्यक्ष खेम पंगेनी, संगठन विभाग प्रमुख पाण्डव खनाल लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए। समाजका संरक्षक सुजन ...
कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाले आफ्नो तेस्रो अधिवेशन किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ। ख्याङ्साङ–बुसान क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अगुवा तथा समुदायजनहरूको बाक्लो उपस्थिति रहेको अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा सिता बि.क. (साथै अर्को उपाध्यक्ष कार्यसमितिबाट मनोनित हुने), सचिवमा सन्जिव बराल, सह-सचिवमा सूर्य मोहन खनाल, कोषाध्यक्षमा टेक प्रसाद दाहाल, सह-कोषाध्यक्षमा कल्पना काफ्ले निर्वाचित भएका छन्। कार्यसमितिमा सदस्यका रूपमा कल्पना अधिकारी, बिनिस थापा मगर, रबिन्द्र थापा, चिन्तामणि सुवेदी, राजेन्द्र परियार, ॐ भण्डारी, आदिति खड्का र अमर बि.क. चयन भएका छन्। अधिवेश...
किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा

किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन यही सेप्टेम्बर १४, २०२५ मा गर्ने भएको छ। राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा हुने उक्त महाधिवेशनमा कोरियामा कार्यरत सम्पूर्ण राई समुदायलाई उपस्थित रहन आग्रह गरिएको छ। संस्थाले स्थापना कालदेखि नै आप्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा क्रियाशील किरात राई यायोक्खाले यसपटकको महाधिवेशनलाई विशेष बनाउन विभिन्न तयारीहरू थालेको जनाएको छ। महाधिवेशनले विगत दुई वर्षको गतिविधिको समीक्षा गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्ने, नेतृत्व चयन गर्ने, आगामी योजनामाथि छलफल गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने उद्देश्यले यस महाधिवेशनलाई महत्वपूर्ण...
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ता अभियान सुरु

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ता अभियान सुरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपालीलाई समितिले लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका लागि यो अभियानमा सहभागी हुन आग्रह गरेको हो। समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले कोरियामा रहेका नेपालीलाई सुव्यवस्थित र संगठित गर्दै उनीहरूको समस्यामा सामूहिक आवाज उठाउने उद्देश्य यस अभियानको मुख्य आधार रहेको बताए। उनले भने, “क्रियाशील सदस्यताले प्रवासी नेपालीलाई राष्ट्रिय नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी हुने वैधानिक अधिकार दिलाउँछ। व्यक्तिगत स्वार्थ मात्र नभई समग्र प्रवासी नेपाली समुदायको हितका लागि हामी निर्णायक भूमिका निर्वाह गर्दै आएका छौं।” समितिले क्रियाशील सदस्यताबाट प्राप्त हुने प्रमुख लाभहरूमा सशक्त सामाजिक तथ...
कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारका लागि आवश्यक कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले रकम फिर्ता लिन सक्ने भएका छन्। ईपीएस कोरियन शाखाले आज प्रकाशित सूचना अनुसार रकम फिर्ता पाउनका लागि प्रमाणित कागजातसहित निवेदन दिनुपर्नेछ। दोहोरो भुक्तानी भएका आवेदकहरूले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। शाखाका अनुसार डबल तिरेको रकममध्ये केही रकम सम्बन्धित वालेट खाता वा बैंक खातामा फिर्ता पठाइसकिएको छ। बाँकी रकम पनि आवेदकले समयमै निवेदन दिएको खण्डमा फिर्ता गरिनेछ। यस्तै, सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि साउन २६ गतेदेखि ३१ गतेसम्म फाराम भर्ने क्रममा भएका त्रुटि सच्याउने काम सकिएको शाखाले जनाएको छ। अनलाइन आवेदन दर्ता गर्दा प्राविधिक कारणले प्रवेश पत्रमा नाम वा थर अपुरो आएका विवरण पनि सच्याइसकिएको जानकारी सूचनामा उल्लेख गरिएको छ।...