Advertisement
Advertisement

दक्षिण कोरियामा सम्पन्न नवौं ‘रेसुङ्गा भलिबल कप–२०२५’, गुल्मी सम्पर्क समितिद्वारा कप उचाल्न सफल

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली समुदायबीच अत्यधिक लोकप्रिय बनिरहेको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप–२०२५” आइतबार, अक्टोबर ५ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको यो प्रतियोगिता “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुवोनस्थित आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियममा सम्पन्न भएको हो।

प्रतियोगितामा विभिन्न जिल्लाका समुदाय समितिहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको यस संस्करणको विजेता बन्न सफल भएको छ गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, जसले उपाधिसँगै नगद २५ लाख ५५ हजार ५५५ वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै उपविजेता बन्न सफल भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले १५ लाख ५५ हजार ५५५ वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

सेमिफाइनलमा स्थान बनाउन सफल नेपाल मगर संघ दक्षिण कोरिया र बाग्लुङ समाज दक्षिण कोरियाले ५/ ५ लाख वन र प्रमाणपत्र प्राप्त गरे। 

फाइनल खेल तीन सेटको प्रतिस्पर्धामा सम्पन्न भएको थियो, जहाँ गुल्मी सम्पर्क समितिले लगातार दुई सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो।

विधागत तर्फका उत्कृष्ट खेलाडीहरूः

 • बेष्ट कोच: बिक्रम घर्ति मगर (गुल्मी सम्पर्क समिति)

 • बेष्ट प्लेयर: करन वोली (गुल्मी सम्पर्क समिति)

 • अनुशासित खेलाडी: उपेन्द्र थापा मगर (गुल्मी)

 • बेष्ट सेटर: श्याम थापा मगर (गुल्मी)

 • बेष्ट स्पाइकर: शिशिर विश्वकर्मा (गुल्मी)

 • बेष्ट ब्लकर: निराजन बिष्ट (सुदूरपश्चिम)

 • बेष्ट सर्भर: राजेश बिक्रम सिंह (सुदूरपश्चिम)

 • बेष्ट लिबेरो: रोबिन दहाल (सुदूरपश्चिम)

प्रतियोगिताको सफल समापनपछि आयोजक गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले सहभागी सम्पूर्ण टिम, सहयोगी संस्था, प्रायोजक तथा खेलप्रेमी दर्शकहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

कार्यक्रमले कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता, मित्रता र सकारात्मक ऊर्जाको सन्देश फैलाएको आयोजक समितिको भनाइ छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×