अभियन्ता डा.निकोलश भुसालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा मागेका छन् । उनले जेनजी विद्रोहीको रगतमा बनेको सरकारसँग सामान्य माग राख्दा पनि समातिने भन्दै अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीमाथि हार्दिक श्रद्धाञ्जलीबाहेक केही भन्न नसक्ने बताए ।
उनले अझै पनि इमान भए सरकारलाई राजीनामा दिन भन्दै आफूहरूले सरकार बनाउने बताए । भुसालले जेनजीका माग पुरा गर्न नसक्ने, प्रदेश खारेज गर्न नसक्ने भनेर यो सरकारले भनेको दिनबाटै सरकार मरिसकेको बताए ।
भुसाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेर राति छाडेको छ ।...
२३ आश्विन २०८२, बिहीबार ११:१३२३ आश्विन २०८२, बिहीबार ११:१३२३ आश्विन २०८२, बिहीबार ११:१३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा सभा हुने भएको छ। नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया” र नेकपा (एकीकृत समाजवादी) को प्रवास संगठन “प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया” बीचको सहकार्यमा ‘एकता घोषणा सभा’ आयोजना गरिने भएको हो।
“फुटेर होइन, जुटेर बन्दछ देश” भन्ने नारा सहित आयोजना हुने उक्त एकता घोषणा सभा आगामी अक्टोबर १९ (आईतबार) का दिन, मध्याह्न ठीक १२:०० बजे,
서울시 종로구 창신길 51, 5 층 MG 새마을금고 (Dongdaemun Exit No.1 बाट २०० मिटर अगाडि) मा सम्पन्न हुनेछ।
संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, नेपालमा देखिएको राजनीतिक अस्थिरता, विभाजन र अवसरवादका कारण वाम शक्तिहरू कमजोर हुँदै गइरहेको परिस्थितिमा प्रवासी नेपालीहरूले एकता र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख ग...
२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच अत्यधिक लोकप्रिय बनिरहेको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप–२०२५” आइतबार, अक्टोबर ५ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको यो प्रतियोगिता “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुवोनस्थित आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियममा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न जिल्लाका समुदाय समितिहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको यस संस्करणको विजेता बन्न सफल भएको छ गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, जसले उपाधिसँगै नगद २५ लाख ५५ हजार ५५५ वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै उपविजेता बन्न सफल भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले १५ ल...
२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ।
इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो।
हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।”
सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए।
ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
२३ आश्विन २०८२, बिहीबार ०१:४३२३ आश्विन २०८२, बिहीबार ०१:४३२३ आश्विन २०८२, बिहीबार ०१:४३ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मबल बढ्नेछ। पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ। आर्थिक लाभको सम्भावना छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यपूर्वक अघि बढ्नुहोस्। नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। अनावश्यक खर्च बढ्ने संकेत छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइनेछ। पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। आर्थिक लाभको सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, सचेत रहनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शुभ समाचार पाइने स...