नेपाल खेलाडी संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
सुवनस्थित निम्तो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका खेलप्रेमी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सर्वसम्मतिले गठन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रबिन्द्र खड्का, उपाध्यक्षमा जमानसिङ गुरुङ र नबिन सिंह बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सागर गुरुङ, र सदस्यहरूमा सुर्य थापा, नरेश भण्डारी तथा बिरेन्द्र बिष्ट चयन भएका छन्।
संस्थाको बरिष्ठ सल्लाहकारमा बुद्धी गुरुङ रहनुभएको छ भने सल्लाहकारमा मिलन श्रेष्ठ, चन्द्र तामाङ र राजु अधिकारी चयन भएका छन्।
“Sports for Health, Sports for Nations” भन्ने मूल नाराका साथ स्थापित नेपाल खेलाडी संघ दक्षिण कोरियाले प्रवासमा रहेका नेपाली खेलाडीहरूबीच आपसी एकता, खेलकुदको माध्यमबाट स्वास्थ्य र राष्ट्रिय गौरव प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको जनाएको छ।









