दक्षिण कोरियामा रहेका नेपाली खेलकर्मीहरूको साझा संस्था “नेपाली खेलाडी संघ, दक्षिण कोरिया” ले आफ्नो दोश्रो अधिवेशन–२०२५ यही अक्टोबर १२ तारिक सुवनमा गर्ने भएको छ।
संघले “Sports for Health, Sports for Nations” भन्ने नाराका साथ आयोजना गर्न लागेको उक्त अधिवेशन अक्टोबर १२ का दिन सुवनस्थित निम्तो रेस्टुरेन्टमा दिउँसो २:०० बजे सुरु हुने कार्यक्रममार्फत सम्पन्न हुने जनाएको छ।
संघका अनुसार उक्त अधिवेशनमा दक्षिण कोरियाभर सक्रिय खेलकर्मी, खेलप्रेमी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा संघको औपचारिक संरचना गठन, आगामी कार्ययोजना, कोरियामा खेल क्षेत्रको सशक्तिकरण तथा नेपाली खेलाडीबीच एकता र सहयोगको सञ्जाल विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
संघले सबै खेल प्रेमी, प्रवासी नेपाली र सरोकारवाला व्यक्तिहरूलाई उक्त अधिवेशनमा सहभागी भई खेलक्षेत्रको उत्थानमा हातेमालो गर्न हार्दिक निमन्त्रण गरेको छ।









