दक्षिण कोरियामा रहेका नेपाली खेलकर्मीहरूको साझा संस्था “नेपाली खेलाडी संघ, दक्षिण कोरिया” ले आफ्नो दोश्रो अधिवेशन–२०२५ यही अक्टोबर १२ तारिक सुवनमा गर्ने भएको छ।
संघले “Sports for Health, Sports for Nations” भन्ने नाराका साथ आयोजना गर्न लागेको उक्त अधिवेशन अक्टोबर १२ का दिन सुवनस्थित निम्तो रेस्टुरेन्टमा दिउँसो २:०० बजे सुरु हुने कार्यक्रममार्फत सम्पन्न हुने जनाएको छ।
संघका अनुसार उक्त अधिवेशनमा दक्षिण कोरियाभर सक्रिय खेलकर्मी, खेलप्रेमी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा संघको औपचारिक संरचना गठन, आगामी कार्ययोजना, कोरियामा खेल क्षेत्रको सशक्तिकरण तथा नेपाली खेलाडीबीच एकता र सहयोगको सञ्जाल विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
संघले सबै खेल प्रेमी, प्रवासी नेपाली र सरोकारवाला व्यक्तिहरूलाई उक्त अधिवेशनमा सहभागी भई खेलक्षेत्रको उ...
२४ आश्विन २०८२, शुक्रबार ०३:२०२४ आश्विन २०८२, शुक्रबार ०३:२०२४ आश्विन २०८२, शुक्रबार ०३:२० by एलिनाNo Comments
दक्षिण कोरियाको दक्षिणी सहर चोङ्जुकी ६९ वर्षीया चा सा-सुन (Cha Sa-soon) नामकी महिलाले अन्ततः आफ्नो ड्राइभिङ लाइसेन्स प्राप्त गरेकी छिन् — त्यो पनि ९६०औं प्रयासपछि!
सन् २००५ मा पहिलो पटक लिखित परीक्षा दिएकी चा सा-सुनले बारम्बार असफलता झेल्दै पनि हार मानिनन्। आफ्नो तरकारी व्यवसायका लागि लाइसेन्स अत्यावश्यक भएको बुझेर उनले दिनहुँजसो परीक्षा दिने निरन्तर प्रयास जारी राखिन्।
तीन वर्षको अवधिमा मात्रै उनले ७८० पटक परीक्षा दिइन्। अन्ततः उनले लिखित परीक्षा पास गरेपछि व्यावहारिक (road test) चरण पनि सफलतापूर्वक पार गर्दै आफ्नो सपना साकार पारिन्।
उनकी प्रशिक्षकका अनुसार,
“जब उनले अन्ततः लाइसेन्स पाइन्, हामी सबैले उनलाई फूल र बधाईका साथ स्वागत गर्यौँ। त्यो हाम्रो लागि पनि ठूलो राहत र प्रेरणाको क्षण थियो।”
उनको दृढता र हार नमान्ने आत्मबलको सम्मानस्वरूप Hyundai मोटर्स कम्पनीले उनलाई नयाँ...
२४ आश्विन २०८२, शुक्रबार ०१:३४२४ आश्विन २०८२, शुक्रबार ०१:३४२४ आश्विन २०८२, शुक्रबार ०१:३४ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मबल र हिम्मत बढ्नेछ। पुराना रोकिएका काम पूरा हुनेछन्। धन लाभको सम्भावना छ। पारिवारिक सहयोग पाइनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काममा ढिलासुस्ती हुन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धैर्यपूर्वक अघि बढ्दा सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभ समाचार सुन्न पाइनेछ। साथीभाइ वा आफन्तसँग भेटघाट हुनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर–परिवारमा खुसी छाउनेछ। धार्मिक वा सामाजिक काममा सहभागी भइ सम्मान पाउने दिन छ। व्यापारमा सामान्य लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष बलियो बन्नेछ। नयाँ योजना सुरु गर्न सकिने समय छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शुभ चिन्तन बढ्नेछ।
कन्या ...