न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” ले गर्यो सिन्धुपाल्चोकमा न्यानो कपडा हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ "B&S GROUP" दक्षिण कोरिया द्वारा "दुइ नम्बरि" चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले चलचित्र प्रदर्शनवाट आएको मुनाफाबाट सिन्धुपाल्चोकमा न्यानो कपडा वितरण गरेको छ।
बिगत केहि कार्यक्रम चलाउने हरुले विभिन्न अभियान भन्दै हिसाबकिताब पनि नदेखाउने र सहयोग पनि नगर्ने परिपाटी बस्दै आएकोमा तर दक्षिण कोरियाको विभिन्न सहरहरुमा कथानक चलचित्र ''दुइ नम्बरी'' बाट प्राप्त भएको मुनाफा रकमबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ महभिर,खाले स्थित श्री समाज बिकास आधारभूत विद्यालय र श्री सतिदेवी पाँचकन्या बाल बिकास केन्द्र बिधालयमा गरि १२६ जना बालबालीकाहरुलाई विद्यालयका शिक्षक हरु समाजिक व्यक्तित्व राम बहादुर गोलेन्को उपस्थितिमा न्यानो कपडा (स्वेटर) वितरण गरिएको "B&S GROUP" दक...
