काठमाडौं । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् ।
उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् ।
ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ ।
झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभा...
१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८ by विशाल श्रेष्ठNo Comments
यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।
यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।
केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको ...
१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५० by विशाल श्रेष्ठNo Comments
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता" भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
१४ फाल्गुन २०७९, आईतवार १२:५६१४ फाल्गुन २०७९, आईतवार १२:५६१४ फाल्गुन २०७९, आईतवार १२:५६ by विशाल श्रेष्ठNo Comments
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।...
११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२ by विशाल श्रेष्ठNo Comments
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ।
बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।”
...
८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ।
शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो।
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१ by विशाल श्रेष्ठNo Comments
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ ।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो ।
उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...
७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित "न्यु भिजन ग्रुप दक्षिण कोरिया" इलाममा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्ला सुनपा १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम द्वारा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुनपा १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो भने संस्थाको तर्फब...
७ फाल्गुन २०७९, आईतवार ११:१७७ फाल्गुन २०७९, आईतवार ११:१७७ फाल्गुन २०७९, आईतवार ११:१७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले एक मिडिया सग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।
प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन्
...
७ फाल्गुन २०७९, आईतवार ०५:१६७ फाल्गुन २०७९, आईतवार ०५:१६७ फाल्गुन २०७९, आईतवार ०५:१६ by विशाल श्रेष्ठNo Comments
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री
७ फागुन, काठमाडौं। प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।
आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्वोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो।
प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनको पूर्णपाठ:-
फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक ...