दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित
दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणमार्फत कम्पनीको करिब २ अर्ब कोरियाली वन चोरी भएको खुलेपछि दक्षिण कोरियाको वित्तीय क्षेत्रमा साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यम 연합인포맥스 का अनुसार नोभेम्बर २५ मा सार्वजनिक भएको विवरणमा GME मा हालै भएको ह्याकिङबाट करिब २०억 वन बराबरको आर्थिक क्षति भएको उल्लेख छ। वित्तीय अधिकारीहरूले घटनाको प्रकृति, रकम चोरी भएको प्रक्रिया र वास्तविक क्षतिको अवस्था बुझ्न स्थलगत अनुसन्धानसमेत अघि बढाएका छन्।
यस घटनामा ग्राहकले नेपाल वा अन्य देशमा पैसा पठाउनका लागि कम्पनीमा जम्मा गरेको रकम भने चोरी नभएको बताइएको छ। ह्याकरले कम्पनीले आफ्नै भुक्तानी तथा अन्तर्राष्ट्रिय रेमिट कारोबार सञ्चालनका लागि राखेको संस्थागत रकममा पहुँच पुर्याएर चोरी गरेको समाचारम...









