सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राष्ट्रिय खबर
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य
मेघनाथ पौडेल, सउल कोरिया ।सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।
सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।
सोनसिक क...




