नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) द्वारा दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतका खण्ड कालदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रमको बाँडफाँड तथा प्रदेश,क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख श्री पुष्पराज भट्टराई को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसक मा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक धमाकाको कार्यक्रम बाँडफाँड गरिएको छ।

बाँडफाँड गरिएको अन्तर्गत छुसकको पहिलो दिन २८ तारिख सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव अध्यक्ष पुष्कर बुढाथोकी ले लानु भएको,दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने मकवानपुर कोरिया मन्चका महासचिव शुभराज बोम्जनले प्रस्ताव लानुभएको,र सोहि दिन स्याङ्जा परिवारको अध्यक्ष भक्त थापाले पनि कार्यक्रम गर्ने प्रस्ताव लाननुभएको र छूसकको तेश्रो दिन ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएको हो।
यसरी समग्रमा हेर्दा निम्न समय तालिकामा संस्कृतिक कार्यक्रम गर्न दिइने पनि सहमति गरी तय गरेको छ:
१) २८ तारिख सुर्खेत समाजले कार्यक्रम गर्ने
२)२९ तारिख मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने
३)२९ तारिख स्याङ्जा परिवार ले कार्यक्रम गर्ने
४)३० तारिख इलामेली समाज ले कार्यक्रम गर्ने










