किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ
किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "अनेक भाषी एक जाति राइहरुको एकता,भाषा धर्म र संस्कृतिको सम्बर्द्धनमा हाम्रो प्रतिवद्धता " भन्ने मुल नारा लिएर सन् २००१ स्थापना भएको किरात राइ यायोख्खा,दक्षिण कोरिया को आइतबार निक नेपाल ट्राभल्सको हल दोङ्देमुनमा सम्पन्न किरात राइ यायोख्खा,दक्षिण कोरिया पुरन राइको अध्यक्ष मा १३ जना कार्यसमिति चयन भएको छ।
दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण किरात राइ समुदायको प्रतिनिधित्व गरी आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र मौलिक परम्परालाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मुल उद्देश्यका साथ किरात राई यायोक्खाको वैदेशिक शाखाको रुपमा स्थापित किरात राइ यायोख्खा,दक्षिण कोरियाको २०२३ जुलाइ ०२ तारिख आइतबार सउल स्थित दोङ्देमुनको निक ट्राभल्स को सभाहलमा एेतिहासिक महाधिवेशन बाट नयाँ १२ औ कार्यसमिति चयनका स...







