Advertisement
Advertisement

हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने

Advertisement
Advertisement

हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने 

कोरियामा केहि समयान्तर मै आकस्मिक सुतेको सुतेइ अवस्था लगायत हार्टअट्याक बाट भएको दु:खद घटना हरु:

•जुन २८ तारिख दक्षिण कोरियाको छल्लाबोक्दोमा कार्यरत नवलपुर जिल्ला बौदिकाली गाउपालिकाका टेकबहादुर पुलामी आज बिहान सुतेकोअवस्थामा मृत फेला परेका हुन । ह्रदयघातको कारण मृत्यु भएका उनी कोरिया आएको भर्खरै ७/८ महिना भएको रहेछ । 

•सुर्खेत बिरेन्द्रनगर १० घुस्रा घर भइ हाल दक्षिण कोरियामा कार्यरत अमर बुढा मगरको जुन २५ तारिख बिहान ३ बजे सुतेकै अबस्थामाबेहोस भेटिएपछि अस्पताल लैजाने क्रममा निधन भएको खबर प्राप्त भएको छ ।

•पर्वत जिल्ला जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको करिब १ महिना अगाडी कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघातको कारण दु:खद निधन भएको छ । 

द.कोरियामा यस भन्दा पहिले पनि धेरै नेपाली कामदारहरुको हृदयघातको कारण मृत्यु भईसकेको छ । कर्मको खेल टारेर टर्दैन भनिन्छ, त्यहि पनि अमुल्य जीवनलाई बचाउन हरसम्भव कोसिस गर्नैपर्छ । 

हृदयघात अर्थात Heart Attack भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु रअन्त्यमा सो भागको मृत्यु हुनु हो। मुटुमा रक्तसंचार गर्ने नलीहरु हुन्छन्। यी नलीहरुको काम मुटुको मांसपेशीलाई आवश्यक पर्नेखनिज, अक्सिजन,ग्लुकोज लगायत पोषण तत्व पुर्याउने हो। कुनै कारणवस यी रक्तनलीमा अवरोध आयो भने त्यो भागमा रक्तसंचारकम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ। हृदयघातको कुनै निश्चित समय हुदैन । जुनसुकै समयमा वा स्थानमा पनि हुनसक्छ ।

हृदयघात हुने कारणहरु : 

•धुम्रपान तथा मद्यपान

•उच्च रक्तचाप

•मधुमेह

•उच्च कोलेस्टेरोल

•आणुवंशिक 

•पुरुष लैंगिकता 

•व्यायामको कमी

•मानसिक तनाव तथा नकरात्मक सोच

•बढ्दो उमेर

•अस्वस्थ जीवन शैली

•जन चेतना र सुचनाको कमी 

•मोटोपना

•नियमित स्वास्थ्य परीक्षणको अभाव 

हृदयघात हुनुभन्दा अगाडिका साधारण लक्षणहरु :

•बढी बल पर्ने अफ्ठारो काम गर्दा, व्यायाम गर्दा, उकालो चढ्दा तथा भर्याङ उक्लदा, मानसिक तनाव बढ्दा छातिको बिचमा वादेब्रेतिर भारी हुनु, गह्रौ चिजले थिचेर छाति कसिएजस्तो महसुस हुनु, स्वाँ स्वाँ बढ्नु, बायाँ हातमा तथा च्यापूतिर दुखाई सरेको जस्तो अनुभव हुनु ।

•खुट्टाको जोर्नीमा अधिक दुखाई हुनु तथा खुट्टा सुन्निनु , दाँत दुख्नु

 •सास फेर्न गार्हो हुनु

•मुटुको धड्कन बढेको महसुस हुनु

•चिटचिट पसिना आउनु 

•वाकवाकी लाग्नु तथा बान्ता हुनु

•चक्कर आउनु र हिडडुल गर्न गार्हो हुनु 

•मनमा अस्वाभाविक चिन्ता तथा डरत्रास जस्तो अनुभव हुनु आदि भएमा सचेत हुन जरुरी छ । 

हृदयघात बच्ने तथा रोकथाम गर्ने उपायहरु 

•मुटुलाई हानी गर्ने कारक तत्वको बारेमा जानकार रहदैं उक्त कारक तत्वबाट टाढै रहेर मुटु स्वस्थ्य राख्नुपर्छ ।

•स्वस्थ खानपिन तथा सक्रिय जीवनशैलीलाई अवलम्बन गर्नुपर्छ । 

•शारीरिक व्यायाममा ध्यान दिएर नियमितता दिनुपर्छ । 

•नुन तथा चिल्लो पदार्थ कम खाने तथा बढी फाइबरयुक्त फलफूल तथा तरकारीको सम्भव भए सम्म नियमित सेवन गर्नुपर्छ । 

•धुम्रपान तथा मद्यपानजस्ता घातक पदार्थ सेवनलाई त्याग्नुपर्छ ।

•स्वस्थ तौल कायम राख्नुपर्छ । 

•तनाव रहित वातावरण बनाउने तथा सकारात्मक सोच राख्ने गर्नुपर्छ । 

•समय-समयमा रक्तचाप, सुगर तथा कोलेस्ट्रोलको मात्रा परीक्षण गराउने र बढी भएमा नियन्त्रणका उपाय अपनाउने तथाआवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझाव अनुसार औषधि सेवन गर्नुपर्छ । 

•परिवारमा कसैलाई मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउनुपर्छ । 

दक्षिण कोरियामा रहँदा ध्यान दिनुपर्ने दैनिकीसँग सम्बन्धित कुराहरु

•कोरियामा गर्मी समयमा कोठा अत्यन्तै चिसो बनाएर सुत्नु हुदैन । A.C प्रयोग गर्दा बाहिरको हावा झिर्न सक्ने गरि झ्याल थोरैखुल्ला राख्नुपर्छ । 

•अल्कोहल सेवन गरेर कोठाको झ्याल-ढोका पुरै बन्द गरेर सुत्नु हुदैन । 

•आफ्नो शारीरिक क्षमताले थेग्न सक्ने गरि मात्र काम गर्नुपर्छ, ओवरटाइम भन्दैमा शरिरले धान्न नसक्ने गरि काम गर्नुहुदैन ।बाँच्नलाई पैसा कमाउने हो, पैसाले ज्यान लियो भने के अर्थ हुन्छ र ? 

•खानपिनमा विशेष ध्यान दिनुपर्छ, कोरियामा मासुजन्य परिकार बढी हुन्छ, सागसब्जी र फलफुलमा विशेष जोड दिएर सन्तुलनमिलाउँनु पर्छ । 

•ज्यान बनाउने वा कडा कसरत गर्ने चक्करमा बजारमा पाईने हाई प्रोटिन तथा औषधिजन्य पदार्थ प्रयोग गरेर क्षमता र अवस्थाभन्दा बढी व्यायाम गर्नु हुदैन । 

•कोरियामा अधिकांश नेपालीहरु कामदार रहेको तथा काम पनि बढी नै हुने भएकोले शरिरलाई पुग्ने गरि कम्तीमा ८ घण्टा सुत्नुपर्छ। 

•पानी तथा झोलिलो पदार्थ मात्रा र आवश्यकता मिलाएर पर्याप्त सेवन गर्नुपर्छ । 

•शारिरीक तथा मानसिक समस्या छ भने सँगै काम गर्ने वा रुममा सँगै बस्ने साथीलाई शेयर गर्नुपर्छ । 

•अनावश्यक तनाव लिएर दिमागलाई असन्तुलित बनाउनु हुदैन । समय समयमा घुमफिर गर्ने, साथीभाई भेटघाट गर्ने तथा मिलेसम्म२ बर्षमा १ पटक नेपाल गएर परिवारिक भेटघाट गर्नुपर्छ । 

•कामको लोड र ज्यानको अवस्थालाई मध्यनजर गर्दै सामान्य प्रकृतिका हल्का कसरतहरु नियमित गर्नुपर्छ । 

अस्वाभाविक शारीरिक समस्याहरु देखिएमा आफैं औषधी सेवन गर्ने भन्दा पनि अस्पताल गएर चेकजाँच गर्नुपर्छ । भाषाकोसमस्याले उपचारमा समस्या देखिए नेपाल गएर समस्याको समाधान गर्नुपर्छ । 

तपाईं वा म देशको लागि रेमिटेन्स पठाउने एउटा मामुली विदेशीएको श्रमिक होला तर आफ्नो परिवारको लागि आशा, भरोसा, मायासबथोक हो । उनीहरुको जीन्दगीको महत्वपुर्ण अंग हो । तपाईं परिवारको अपुरो-अधुरो सपना पुरा गर्दै सुन्दर परिवार सिर्जना गर्नेशिल्पकार हो । त्यसैले स्वास्थ्यको ख्याल गरौं । कमाएको पैसाको बचत र सदुपयोग गरौं । मनमा रहेका अनावश्यक सोचविचारडिलिट गरेर सिर्जनात्मक चिन्तन गरौं । धेरै महत्वाकांक्षी नभई सम्पन्नताको सपना साकार पार्न औकात र क्षमता अनुसारको योजनाबनाऊँ । 

शुभ समय !

✍️लेखक दयाराम निरौला द.कोरिया

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×