आजको राशिफल : २०८० असार ११ गते (सोमवार)
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० असार ११ गते (सोमवार)
११ आषाढ २०८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसा...




