Advertisement
Advertisement

भर्खरै

दक्षिण कोरियामा अवैधानिक श्रमिकलाई वैधानिक मान्यता दिने तथा E-9 भिसामै परिवार कोरिया ल्याउन दिनेबारे छलफल निष्कर्ष नजिक 

दक्षिण कोरियामा अवैधानिक श्रमिकलाई वैधानिक मान्यता दिने तथा E-9 भिसामै परिवार कोरिया ल्याउन दिनेबारे छलफल निष्कर्ष नजिक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी श्रमिकलाई वैधानिक मान्यता दिने तथा रोजगार अनुमति प्रणाली (E-9 भिसा) अन्तर्गत केही श्रेणीका श्रमिकलाई परिवारसहित बस्न अनुमति दिने विषयमा छलफल अघि बढाएको छ। सरकारले यी प्रस्तावलाई औपचारिक नीति बनाउने वा नबनाउने विषयमा समीक्षा गर्ने तयारी गरिरहेको जनाएको छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत गठन गरिएको विदेशी श्रमिक एकीकृत सहयोग टास्कफोर्स (TF) ले करिब २० वटा सुधार तथा सहयोगसम्बन्धी प्रस्तावमाथि छलफल सम्पन्न गरेको श्रम तथा व्यवसायिक क्षेत्रका स्रोतहरूले बताएका छन्। गत वर्षको अन्त्यतिर गठन भएको २६ सदस्यीय उक्त टास्कफोर्समा श्रमिक प्रतिनिधि, रोजगारदाता, सरकारी अधिकारी तथा शैक्षिक क्षेत्रका विज्ञहरू सहभागी थिए। टास्कफोर्सले मुख्यतः तीन विषयमा छलफल गरेको थियो: - अवैधानिक विदेशी श्रमिकको वैधानिकीकरण - रोजगार अनुमति प्रणाली (EPS...
Seoul Metro को नयाँ नियम लागू: ‘ट्याग आउट’ नगरे अतिरिक्त भाडा लाग्ने

Seoul Metro को नयाँ नियम लागू: ‘ट्याग आउट’ नगरे अतिरिक्त भाडा लाग्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
Seoul महानगरीय सबवेमा स्टेशनबाट बाहिरिँदा यातायात कार्ड ट्याग नगर्ने यात्रुले अब अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। Seoul Metro ले शनिबारदेखि लागू गरेको यो नियम दूरीअनुसारको भाडा छल्ने प्रवृत्ति रोक्न ल्याइएको जनाएको छ। यो व्यवस्था सञ्जालभर लागू हुनेछ, जसमा Korail सञ्चालित लाइनहरू पनि समावेश छन्। कोरियामा सबवे भाडा प्रवेश र बाहिरिने दुवै समयमा कार्ड ट्याग गरेपछि मात्र दूरीअनुसार गणना हुन्छ। बाहिरिँदा ट्याग नगरे दूरी प्रमाणित नहुने भएकाले केही यात्रुले अतिरिक्त भाडा नतिर्ने दुरुपयोग गर्दै आएका थिए। नयाँ नियमअनुसार ‘ट्याग आउट’ नगरेको अवस्थामा अर्को यात्रामा आधारभूत भाडा बराबरको अतिरिक्त शुल्क स्वतः जोडिनेछ। वयस्कलाई १,५५० वोन, किशोरलाई ९०० वोन र बालबालिकालाई ५५० वोन अतिरिक्त शुल्क लाग्नेछ। सन् २००४ देखि लागू एकीकृत ट्रान्सफर प्रणालीमा ट्याग नगर्ने यात्रुले बस–सबवे छुट नपाए पनि रेल मात्...
सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशन सम्पन्न केशव दत्त जोशिको नेतृत्वमा नयाँ कार्यसमिती चयन

सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशन सम्पन्न केशव दत्त जोशिको नेतृत्वमा नयाँ कार्यसमिती चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको बुसानमा क्रियाशील सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले केशव दत्त जोशिलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। नवनिर्वाचित अध्यक्ष केशव दत्त जोशि लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। समाजको आगामी कार्यकालमा संगठनलाई अझ सशक्त, एकताबद्ध र सक्रिय बनाउँदै सुदूरपश्चिमेली समुदायको हक–हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। नयाँ कार्यसमिति यस प्रकार रहेको छ:  • अध्यक्ष: केशव दत्त जोशि  • बरिष्ठ उपाध्यक्ष: चन्द्रदेव जोशि  • उपाध्यक्ष: बिनोद भट्ट  • उपाध्यक्ष: कृष्ण ब. सिंह  • महासचिव: हेनरी नेपाल  • सचिव: मोहन सिंह धामी  • कोषाध्यक्ष: बसन्त जोशि  • सह-कोषाध्यक्ष: सिर्जन साउद  • सदस्यहरू: विष्णु ठकुल्ला, नरेश सिंह ठकुराठी,...
नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) ले आगामी मार्च १५ तारिख आयोजना हुने १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारीलाई तीव्र बनाएको छ। अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ–संस्थाबाट पनि “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ। समितिका अनुसार प्रतिनिधि सदस्यहरूले सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्। प्रतिनिधि सदस्यहरूलाई निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न तथा मतदान गर्न पाउने अधिकार रहने व्यवस्था गरिएको छ। प्रदेश समाजहरूबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधान राखिएको समितिले जनाएको छ। प्र...
कोरियाको वेइजङ्बुमा २ स्कुले विद्यार्थी मिलेर रोकि राखेको कार लिएर फरार

कोरियाको वेइजङ्बुमा २ स्कुले विद्यार्थी मिलेर रोकि राखेको कार लिएर फरार

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
वेइजङ्बु प्रहरीले सवारी चो`रीको आरोपमा दुई जना माध्यमिक विद्यालयका विद्यार्थीलाई प´क्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा A र B नामका नाबालक रहेका छन्। प्रहरीका अनुसार उनीहरूले २४ तारिख बिहान करिब ११:३० बजे फाजुस्थित एक अपार्टमेन्टको अण्डरग्राउण्ड पार्किङमा साँचो भित्रै छोडिएको सानो कार चो´री गरि फरार भएका थिए। चो´री भएको उक्त सवारी साधन भोलिपल्ट बिहान करिब २ बजे 의정부동 स्थित एक हुलाक कार्यालय अगाडि सवारी खोजी प्रणाली (WASS) मा फेला परेको थियो। सूचनापछि प्रहरीले सम्भावित भाग्ने मार्गहरू अवरुद्ध गर्दै सडकबाटै उनीहरूलाई आपतकालीन रूपमा पक्राउ गरेको जनाएको छ। पक्राउका बेला गाडीभित्र A र B सहित जम्मा ६ जना सवार रहेको बताइएको छ। घट`नामा प्रत्यक्ष संलग्नता नदेखिएका अन्य ४ जनालाई भने प्रहरी अभिभावकको जिम्मा लगाएको छ। प्रहरीका एक अधिकारीले “यो नाबालकसँग सम्ब...
मार्च १ तारिक १२ घण्टाका लागि 𝐈𝐁𝐊 बैंकका बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने

मार्च १ तारिक १२ घण्टाका लागि 𝐈𝐁𝐊 बैंकका बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको सरकारी स्वामित्वमा रहेको Industrial Bank of Korea (IBK) ले आफ्नो बैंकिङ प्रणालीको अपग्रेड (स्तरोन्नति) गर्ने कार्यका कारण केही समयका लागि सम्पूर्ण वित्तीय कारोबार सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। बैंकद्वारा जारी सूचनाअनुसार मार्च १, २०२६ (आइतबार) राति १२:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म (करिब १२ घण्टा) सेवा अवरुद्ध रहनेछ। प्रणालीलाई अझ सुरक्षित, छिटो र प्रभावकारी बनाउने उद्देश्यले यो अपग्रेड गर्न लागिएको बैंकले स्पष्ट पारेको छ। उक्त अवधिमा:  • क्रेडिट कार्ड भुक्तानी भने गर्न सकिनेछ।  • IBK ग्राहक सेवा केन्द्रमार्फत इन्सिडेन्ट (समस्या) रिपोर्ट गर्न सकिनेछ।  • तर डेबिट कार्डमार्फत हुने भुक्तानी सम्भव नहुने जानकारी दिइएको छ। साथै, कार्ड हराएमा BC Card Customer Center (☎ 1588-4515) मा सम्पर्क गरी जानकारी दिन सकिनेछ। सेवा अवरुद्ध हुँदा पर्न सक्ने असुविध...
मार्च १ मा किम्हेमा ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

मार्च १ मा किम्हेमा ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सामाजिक एकता मजबुत बनाउने उद्देश्यका साथ नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजनामा हुन लागेको ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त प्रतियोगिता यही मार्च १, २०२६ (आइतबार) बिहान ठीक ८:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको टाइसिट समेत सार्वजनिक भइसकेको छ। ग्राउण्ड ‘A’ र ग्राउण्ड ‘B’ गरी दुई मैदानमा प्रतिस्पर्धा सञ्चालन हुने छ। कोरियामा रहेका विभिन्न नेपाली फुटबल क्लबहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा विजेता टिमले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० लाख वोन हात पार्नेछ र सेमिफाइनलिसिट ट...
दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल दक्षिण कोरियाको 충청남도 अन्तर्गत पर्ने 당진시 को 합덕읍 क्षेत्रमा कार्यरत एक नेपाली युवा विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन्। नेपालको कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दीपक चौधरी फेब्रुअरी २० तारिख दिउँसो १:२० बजेदेखि सम्पर्कविहीन भएको जानकारी परिवारले दिएको छ। उनी विगत ८ वर्षदेखि कोरियामा रोजगारी गर्दै आएका थिए। परिवारका अनुसार, सो दिनदेखि निरन्तर खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। घट`नालाई गम्भीर रूपमा लिँदै परिवारले स्थानीय कोरियन प्रहरी कार्यालयमा औपचारिक निवेदन दर्ता गरी खोजतलास प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। यस संवेदनशील परिस्थितिमा परिवारले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी का...
“तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” द्वारा “छ्यांजलो सांगितिक सौगात कार्यक्रम २०२६” भव्य रूपमा सम्पन्न

“तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” द्वारा “छ्यांजलो सांगितिक सौगात कार्यक्रम २०२६” भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
" तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले कोरियाली नयां बर्ष सलनालको अवसर पारेर सलनालको दोस्रो दिन Feb-16 तारिख को दिन "छयांजलो साङगितीक सौगात कार्यक्रम २०२६" सभ्य र भव्य रूपमा सम्पन्न गरेका छन् । उक्त कार्यक्रम नेपालमा "अनाथ, असाय बालबालिकाको उज्वल भविष्यको लागि सहयोग गरिने हेतूले, " अनाथ, असहाय बालबालिका सहयोगार्थ" भन्ने मुल नारा दिई " तमू धीं तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले छ्यांजलो सांगितीक सौगात कार्यक्रम २०२६" आयोजना गरेको उक्त संस्थाको वर्तमान अध्यक्ष प्रवेश गुरूङ ले बिशाल आवाज मल्टीमीडिया लाई जानाकारी दिएका छन् । "नेपाली कलाकार र गित संगित लाई माया गरौं, अनाथ, असाहाय बालबालिकाको उज्वल भबिष्यको निमित्त हातेमालो गरौं" भन्ने भनाईलाई आत्मा साथ गर्दै सुरू भएको "छ्यांजलो सांगितिक सौगात कार्यक्रम " को प्रमुख अतिथि "तमू धीं दक्षिण कोरिया" केन्द्रको वर्तमान ...
सडकमा भेटिएको कार्ड चलाइ ६ लाख ५० हजार वोन खर्च गर्दा ५० लाख वोन जरिवाना

सडकमा भेटिएको कार्ड चलाइ ६ लाख ५० हजार वोन खर्च गर्दा ५० लाख वोन जरिवाना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सडकमा भेटिएको डेबिट कार्ड प्रयोग गरी करिब ६ लाख ५० हजार वोन खर्च गरेका ६० वर्ष नाघेका एक पुरुषलाई अदालतले ५० लाख वोन जरिवाना सजाय सुनाएको छ। फेब्रुअरी २० मा News1का अनुसार, Ulsan District Courtले ती व्यक्तिलाई “अरूले हराएको सम्पत्ति गैरकानुनी रूपमा कब्जा गरेको” अभियोगमा दोषी ठहर गरेको हो। गत वर्ष अगस्टमा Yangsanस्थित एक पसल नजिक सडकमा खसेको डेबिट कार्ड भेटेका उनले कार्ड फिर्ता नगरी आफैं राखेका थिए। त्यसपछि Busanको एक सुपरमार्केटमा उक्त कार्ड प्रयोग गरी ८ पटक भुक्तानी गर्दै दैनिक उपभोग्य सामग्री खरिद गरेका थिए। कुल खर्च करिब ६ लाख ५० हजार वोन पुगेको थियो। ती व्यक्ति यसअघि पनि ठगी अभियोगमा जेल सजाय भोगिसकेका थिए र पुनरावृत्ति अवधिमै पुनः अपराध दोहोर्‍याएका थिए। अदालतले विगतको आपराधिक पृष्ठभूमि र दोहोरिएको अपराधलाई गम्भीर मान्दै जरिवाना सजाय सुनाएको हो। तथापि, आर्थिक क्षति धेरै ठूलो ...