दक्षिण कोरियाको ख्यङ्गिदोस्थित पाजुमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन (पाजु शो) हुने भएको छ। नोभेम्बर ८ तारिख आइतबार दिउँसो १ बजेदेखि पाजुस्थित मेगाबक्स सिनेमामा चलचित्र प्रदर्शन गर्न लागिएको हो।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनका लागि रोयल एफसीले स्क्रिनिङ पार्टनरका रूपमा सहकार्य गरेको छ। कोरियामा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना हुन लागेको प्रदर्शनमा चलचित्रप्रेमी नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार कोरियन वन तोकिएको छ। साथै, SentBe मा रेमिट्यान्स खाता दर्ता गरी टिकट खरिद गर्दा टिकट मूल्यमा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने जानकारी पोस्टरमार्फत दिइएको छ।
चलचित्र प्रदर्शन पाजुस्थित 금촌 Megabox, 경기도 파주시 중앙로 328 मा हुनेछ। टिकट तथा अन्य जानकारीका लागि 010-4898-8508, 010-3996-6635, 010-2218-9339 र 010-6872-0695 मा सम्पर्क गर्न सकिनेछ।
कोरियामा नेपाली चलचित्रको प्रवर्द्धन तथा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रदर्शनमा सहभागी हुन आयोजकले सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ।
Views: 59









