Advertisement
Advertisement

Day: ११ कार्तिक २०८३, मंगलवार ०९:५९

कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा एउटै रोजगारदातासँग लगातार एक वर्ष काम पूरा नगरी रोजगारी अन्त्य गर्ने विदेशी कामदारले सामान्यतया सेवा समाप्ति भत्ता अर्थात् 퇴직금 पाउने योग्यता हासिल गर्दैनन्। कोरियाली सरकारको रोजगार अनुमति प्रणाली (EPS) तथा सम्बन्धित कानुनी व्यवस्थाले पनि यसलाई स्पष्ट पारेका छन्। कोरियाको रोजगार तथा श्रमसम्बन्धी सरकारी जानकारीअनुसार, विदेशी कामदारलाई रोजगारीमा राख्ने रोजगारदाताले लागू हुने नियमअनुसार प्रस्थान अवधि बीमा (출국만기보험) मा सहभागी भई प्रत्येक महिना रकम जम्मा गर्नुपर्छ। यो बीमा विदेशी कामदारले योग्यताअनुसार पाउने सेवा समाप्ति भत्ताको व्यवस्थासँग सम्बन्धित छ। सरकारी रोजगार सेवा पोर्टलका अनुसार, विदेशी कामदारले एउटै कार्यस्थलमा एक वर्ष पूरा नगरेको अवस्थामा रोजगारदाताले बीमामा जम्मा भएको रकम फिर्ता लिन सक्ने व्यवस्था छ। एक वर्ष वा सोभन्दा बढी काम गरेका योग्य कामदारले भने निर्धारित प्रक्...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर १५ तारिख आइतबार आयोजना हुने भएको छ। याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले महाधिवेशनमार्फत भावी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने जनाएको छ। महाधिवेशनले याक्थुङ समुदायको एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायको मौलिक हक, अधिकार तथा राजनीतिक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ। संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ समुदायका सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा शुभकामना प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। समुदायको पहिचान, अस्तित्व र अधिका...
दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विद्यार्थी तथा भाषा अध्ययनका लागि जारी गरिने भिसामा आएका ३१ हजार ६६५ विदेशी नागरिक अनुमति प्राप्त बसाइ हैसियतबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयबाट प्राप्त विवरणअनुसार सन् २०२६ अगस्टसम्मको तथ्यांकमा विश्वविद्यालयमा अध्ययन गर्ने र भाषा प्रशिक्षणका लागि आएका विदेशी नागरिकहरू समावेश छन्। तथ्यांकअनुसार विश्वविद्यालयमा डिग्री हासिल गर्ने उद्देश्यले जारी गरिने डी–२ (D-2) भिसामा आएका ९ हजार ९४६ जना र भाषा अध्ययनका लागि जारी गरिने डी–४ (D-4) भिसामा आएका २१ हजार ७१९ जना अवैध बसोबासको अवस्थामा रहेका छन्। यसरी हेर्दा कुल संख्याको करिब ६८.६ प्रतिशत डी–४ भिसामा आएका व्यक्तिहरू छन्। भिसाको प्रकारअनुसार अवैध बसोबासको दरमा पनि ठूलो अन्तर देखिएको छ। भाषा प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेका ७४ हजार ४५० जनामध्ये २९.२ प्रतिशत अनुमति प्राप्त बसाइ हैसियतबाह...
दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
दक्षिण कोरियाको ख्यङ्गिदोस्थित पाजुमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन (पाजु शो) हुने भएको छ। नोभेम्बर ८ तारिख आइतबार दिउँसो १ बजेदेखि पाजुस्थित मेगाबक्स सिनेमामा चलचित्र प्रदर्शन गर्न लागिएको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनका लागि रोयल एफसीले स्क्रिनिङ पार्टनरका रूपमा सहकार्य गरेको छ। कोरियामा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना हुन लागेको प्रदर्शनमा चलचित्रप्रेमी नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार कोरियन वन तोकिएको छ। साथै, SentBe मा रेमिट्यान्स खाता दर्ता गरी टिकट खरिद गर्दा टिकट मूल्यमा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने जानकारी पोस्टरमार्फत दिइएको छ। चलचित्र प्रदर्शन पाजुस्थित 금촌 Megabox, 경기도 파주시 중앙로 328 मा हुनेछ। टिकट तथा अन्य जानकारीका...