Advertisement
Advertisement

छुसकमा आयोजित ‘रारा सांगीतिक सौगात भाग–२’ बाट १ करोड ३६ लाख वनभन्दा बढी बचत, कर्णालीमा स्वास्थ्य शिविर र विद्यार्थीलाई सहयोग गरिने

Advertisement
Advertisement

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले छुसकको अवसरमा आयोजना गरेको ‘रारा सांगीतिक सौगात भाग–२ : लोक तथा देउडा साँझ’ कार्यक्रमबाट १ करोड ३६ लाख ९३ हजार १९६ वन बचत भएको सार्वजनिक गरेको छ।
समाजले सन् २०२६ सेप्टेम्बर २६ मा आयोजना गरेको उक्त सांगीतिक कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गर्दै कुल आम्दानी २ करोड ५३ लाख २२ हजार ४८० वन र कुल खर्च १ करोड १६ लाख २९ हजार २८४ वन रहेको जनाएको हो।
सार्वजनिक विवरणअनुसार कार्यक्रममा व्यक्तिगत सहयोग, अनलाइन टिकट, कार्यक्रमस्थलमा टिकट बिक्री, खानपिन तथा पेय पदार्थ बिक्री र संस्थागत सहयोगलगायत विभिन्न शीर्षकबाट आम्दानी भएको थियो। त्यस्तै, कार्यक्रम हल भाडा, डिजे तथा साउन्ड सिस्टम, कलाकार पारिश्रमिक, ब्यान्ड तथा क्यामेरा, हवाई टिकट, यातायात, होटल, प्रचार सामग्री र अन्य व्यवस्थापकीय खर्चमा रकम खर्च भएको विवरणमा उल्लेख छ।
बचत रकम कर्णालीमा स्वास्थ्य शिविर र विद्यार्थीको शिक्षामा खर्च गरिनेः
समाजले कार्यक्रमबाट बचत भएको रकम सामाजिक तथा मानवीय सेवामा परिचालन गर्ने जनाएको छ। सार्वजनिक विवरणअनुसार बचत रकमको केही हिस्सा कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न वा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्न खर्च गरिनेछ।
त्यस्तै, बाँकी रकम दक्षिण कोरियामा नेपाली समुदायलाई भइपरी आउने आपत्कालीन अवस्थामा सहयोग गर्न संस्थाको आपत्कालीन कोषमा राखिने समाजले जनाएको छ।
सांगीतिक कार्यक्रमबाट संकलित रकमलाई मनोरञ्जनमा मात्र सीमित नराखी दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य, विपन्न विद्यार्थीको शिक्षा र कोरियामा रहेका नेपालीको आपत्कालीन सहयोगमा उपयोग गर्ने समाजको योजनाले कार्यक्रमको सामाजिक उद्देश्यलाई समेत उजागर गरेको छ।
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले सार्वजनिक गरेको आय–व्यय विवरणमा समाजका अध्यक्ष तिलक हमाल ठकुरी, महासचिव टर सिंह पुन र आर्थिक विभागका विजय लामिछानेको हस्ताक्षर रहेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×