Advertisement
Advertisement

भर्खरै

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, विदेश
  कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री : दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली । माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
रेमिटान्स सञ्चयकोषको आवश्यकता

रेमिटान्स सञ्चयकोषको आवश्यकता

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, विदेश
लाखौंको संख्यामा नेपाली परदेशी भूमिमा कार्यरत छन् । रोजगारका लागि अनुमतिपत्र लिएर वैदेशिक रोजगारको अनुमती प्राप्त नेपालीहरुबाट सोही अनुपातमा वैधानिक माध्यमबाट रेमिटेन्स नभित्रिएको अवस्थामा रेमिटेन्स संचयकोष कारोन्यनमा आउदा बढ्दो अवैधानिक हुण्डी कारोबारमा ठूलो मात्रामा गिरावट आउनेछ र राज्यकोषमा ठूलो वैदेशिक मुद्रा सञ्चिति बढ्नेछ । साथै हुन्डी कारोबारमा गिरावट आउँदा सरकारले आयकरमा पनि उल्लेख्य मात्रामा सफलता हासिल गर्नेछ । गैरकानुनी हुण्डी कारोबारका कारण ठूला भष्टाचार साथै अपराधलाई प्रोत्साहन बढेको हुदा बैधानिक रेमिटान्सको वृद्धिले त्यस्ता अपराधमा उल्लेख्य मात्रामा कमी आउनेछ ।    अहिले रहरले भन्दा पनि बाध्यताले प्रवासको रोजगारी रोज्नुपर्ने आम नेपालीहरूको नियति बनेको छ । जोसिलो उमेरमा विदेशमा बिताउनु पर्ने र त्यसको कमाइ सही सदुपयोग नहुदा भबिस्यमा सामाजिक तथा आर्थिक समस्या आउनेक्रम बढ्दो...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन  बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया: गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।  संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख ...
हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे । टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न  बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।    किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...
फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
  बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।  अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो । विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने 'तीन - तीन बर्षमा हुन पर्ने अ...
वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

Breaking News, Breaking news 1, अपराध, जानकारी, भर्खरै, राजनीति, समाचार
वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए सप्तरीमा शुक्रवार एक प्रहरी जवानले दिउँसै रक्सीले मातेर सडकमा सर्कस देखाएका छन्। रक्सीले मस्त भएका उनले सडकमै वर्दी खोलेर सलमान खानले झै वडी प्रदर्शन गरेका थिए। प्रहरी जवान सञ्जिवकुमार रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर अशोभनीय हर्कत गर्न थालेपछि उनलाई हेर्न सर्वसाधारणको भिड जम्मा भएको थियो। सर्वप्रथम उनले सडकमा उभिएर सवारी जाँच गर्न थालेका थिए। सामाजिक संजालमा सार्वजनिक भएको उनको भिडियो अहिले भाईरल भईरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रायले नशामा लठ्ठ छन्। अर्धनग्न अवस्था रहेका उनले स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा लठ्ठी लिएर यताउत्ता दौडिरहेका उनी भिडियो खिचिरहेकाहरुलाई संकेत गर्दै ‘तैले भिडियो खिचेर केही हुँदैन’ भन्दै चुनौती दिन्छन्। ‘खिच–खिच, म...
काभ्रेका ६ सय विद्यार्थीलाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको सहयोग

काभ्रेका ६ सय विद्यार्थीलाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको सहयोग

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
विशाल श्रेष्ठ :काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ वटै स्थानीय तहका ३५ वटा विद्यालयमा  अध्ययनरत झण्डै ६०० गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ। काभ्रे सम्पर्क समिति दक्षिण कोरिया संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई  स्कुल ब्याग, क्याल्कुलेटर, ज्यामिति बक्स, कापी ,डट्पेन,पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो।  शैक्षिक सामाग्री बितरणका लागि संस्थाले १३ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । जिल्लाभरिको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ वटाको दरले  विद्यालय छनोट गरि, जिल्लाको तुलनात्मकरुपमा सुगम रहेको ३ वटा नगरपालिकाबाट १/१ वटा मात्र विद्यालय छनोट गरेको थियो...
कोरियामा अब हप्तामा ६९ घण्टा सम्म काम गर्न पाइने

कोरियामा अब हप्तामा ६९ घण्टा सम्म काम गर्न पाइने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
गोकुल थोकर/फोनिज कोरिया, कान्तिपुर:कोरियाली सरकारले हप्तामा ५२ घण्टाभन्दा बढी कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियमअनुसार कम्पनीले चाहे बढी समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा सुरू गरिएको हप्तामा ५२ घण्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरूको विरोधका कारण ठूला कम्पनीहरूमा लागू भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरूमा लागू भएको थियो । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न सक्नेछ । कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् । त्यस्तै चौमासिक १४० घण्टा, अर्धवार्षिक २५० घण्टा र प्रतिवर्ष ४४० घण्टा काम लगाउन सक्नेछन् । तर कामदारले दैनिक ११ घन्टा आराम अनिवार्य गरिने नियममा उल्लेख छ । यसअघिको मुन...
पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो । मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो । अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो । मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रम...