Advertisement
Advertisement

पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

Advertisement
Advertisement

पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो ।

मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो ।

अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो ।

मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभयो भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराईदिनुभयो ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ र सेकेन्ड रनर अपको उपाधि सिर्जना गोले तामाङले प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विभिन्न टाइटलहरु पनि प्रदान गरिएको थियो । यसैक्रममा सेकेन्ड रनर अपको उपाधि जित्नुभएका गोलेले मिस मल्टिमिडिया टाइटल समेत हात पार्नुभयो ।

त्यस्तै सबिना तामाङले मिस फोटोजेनिक,बिनिता लुङ्बा,सरिता तामाङ र सिर्जना गोले मिस अनलाइन भोटिङ,मुस्कान तामाङ मिस बेष्ट वल्क,पूजा दोङले मिस ट्यालेन्ट,मेलिना योञ्जनले बेस्ट ड्रेस,प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर,सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी टाइटल प्राप्त गर्नुभभयो ।

तामाङ संस्कृति,भाषा,कला तथा भेषभुषाको संरक्षण तथा युवा पुस्तामा हस्तान्तरणमा सहयोग पुर्याउने उद्धेश्यले हरेक वर्ष सोनाम ल्होछारको अवसरमा मिस तामाङ प्रतियोगिता कार्यक्रम आयोजना गर्ने गरिएको मम्स इन्टरनेसनल नेपालका निर्देशक रञ्जिता ब्लोन लामाले बताउनुभयो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×