किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर १५ तारिख आइतबार आयोजना हुने भएको छ।
याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले महाधिवेशनमार्फत भावी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने जनाएको छ।
महाधिवेशनले याक्थुङ समुदायको एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायको मौलिक हक, अधिकार तथा राजनीतिक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ।
संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ समुदायका सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा शुभकामना प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। समुदायको पहिचान, अस्तित्व र अधिका...









