दक्षिण कोरियाको बुसानमा जुलाई १३ र १४ तारिख सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडी अनिल थोकरले एक स्वर्ण र जमानसिंह गुरुङले दुई रजत पदक जितेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् भने जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका हुन् । गुरुङले पुरुषतर्फको सिनियर एकल काता र कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भइ रजत पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक भएको फाइनलमा फिलिपिन्सका खेलाडीसँग ५/५ स्कोरमा सेन्सुले पराजित भएका थिए ।
मर्स्याङ्दी ४ सिलढुङ्गा लम्जुङका गुरुङ वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । साथै गुरुङले हालसम्म कोरिया, सिङ्गापुर ,मलेसिया, फिलिपिन्स...
३१ असार २०८१, आईतवार १४:२१३१ असार २०८१, आईतवार १४:२१३१ असार २०८१, आईतवार १४:२१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई २१ तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” सुवनमा प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भएको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 मा प्रदर्शन हुने भएको हो। “भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।
दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । य...
२४ असार २०८१, आईतवार १४:२२२४ असार २०८१, आईतवार १४:२२२४ असार २०८१, आईतवार १४:२२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता नबित्दै गत जुन ७ तारिखका दिन कोरियाको ख्याङसाङनाम्दो मिर्याङसिको कृषि फार्ममा कार्यरत जाजरकोटका स्वर्गीय हरिचन्द्र अधिकारीको परिवारलाई दक्षिण कोरियाबाट ३ करोड १४ लाख ४० हजार ७० वन सहयोग हस्तान्तरण गरेको छ।
दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता मात्र भएका २५ वर्षीय स्वर्गीय हरिचन्द्र अधिकारी आकस्मिक रुपमा बिरामी परी हस्पिटलमा उपचारको क्रममा दिवंगत भएका थिए। दक्षिण कोरिया प्रवेश गरेको थोरै समय भएको कारण एलियन रजिस्ट्रेसन कार्ड समेत नबनेको हुँदा स्वास्थ्य बीमा पनि दर्ता नभएको र अस्पतालको बिल भुक्तानी गर्न आर्थिक समस्या पर्नुका साथै दुई वर्षकी नाबालिका छोरी रहेका अधिकारीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले पीडित परिवारको घाउमा केही मात्रामा भएपनि मलमपट्टी लगाउने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरेको थियो।
दक्षिण कोरियाबाट कर्णाली प...
२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल:लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएको छ ।
आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो।
कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्विनि, बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन...
२२ असार २०८१, शुक्रबार ०३:३८२२ असार २०८१, शुक्रबार ०३:३८२२ असार २०८१, शुक्रबार ०३:३८ by विशाल श्रेष्ठNo Comments
विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे ।
लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे ।
दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले ख...
१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ सेप्टेम्बर १५ तारिखका दिन सउलमा “छुसक डान्स पार्टी २०२४”आयोजना गर्नेभएको छ।
भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시 중구 퇴계로 217 충무로4가 (진양상가 2층) मा आउँदो सेप्टेम्बर १५ तारिख साझ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म ननस्टप डिजे डान्स पार्टी गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्...
१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो।
संस्थ...
१० असार २०८१, आईतवार १४:३३१० असार २०८१, आईतवार १४:३३१० असार २०८१, आईतवार १४:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: झापाली समाज दक्षिण कोरियाले कोरियन महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर १५ तारिखका दिन सुवनमा नाइट डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको छ।
झापा घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली हरु मिली स्थापना गरेको झापाली समाज दक्षिण कोरियाले सधैँ काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रख्यात सहर सुवनमा आउँदो सेप्टेम्बर १५ तारिख राति नाइट गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार लाई आमन्त्रित गरी यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको प्रारम्भिक तयारी भइरहेको समाजका अध्यक्ष अजय श्रेष्ठले विशाल आवाजलाई जानकारी गराउनुभएको छ।
साथै यसपालिको सुवनमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गर...
१० असार २०८१, आईतवार १३:४९१० असार २०८१, आईतवार १३:४९१० असार २०८१, आईतवार १३:४९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न भएको छ।
प्रतियोगितामा विजेता टिम YAANGSAN NFC BLUE र उपविजेता SANGAM FC ले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्राप्त गरेका थिए भने सेकेन्ड रनरअप हुने SACHEON NFC ले मेडल र ट्रफि सहित २ लाख वन प्राप्त गरे।साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी YAANGSAN NFC का नितेश नेमवाङ, उत्कृष्ट गोलकिपर YAANGSAN NFC कै समिर थिङ , हाइगोल स्कोरर SACHEON NFC का ब्रजेश मगर ले जनही ५०/५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भएका थिए।
जम्मा १६ टिम सहभागि टुर्नामेन्टमा “A” पोल र “B” पोल गरी हार्नेले पनि एक पटक मौका पाउने गरि ...
१० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४१ by विशाल श्रेष्ठNo Comments
विमल सिं लामा :दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग" कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले बताएका हुन्।
यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । "संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।" अध्यक्ष चौलागाईले बताए ।
संस्थाले शैक्षिक साम...