Advertisement
Advertisement

कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Advertisement
Advertisement

 

 

विमल सिं लामा :दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले बताएका हुन्।

यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । “संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।” अध्यक्ष चौलागाईले बताए ।

संस्थाले शैक्षिक सामाग्री बितरणका लागि ३ वटै स्थानीय तहबाट छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । प्रत्येक गाउँपालिकाबाट ३/३ वटाका दरले विद्यालय छनोट गरिएको थियो । छनोटमा परेका प्रत्येक विद्यालयबाट गरिब, जेहन्दार, अशक्त तथा अपांग विद्यार्थीहरु छानिएका थिए ।

जिल्लाभर शैक्षिक अभियानको रुपमा बिकट गाउँ सम्म पुगेर निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस गरेको अध्यक्षले बताए । साथै अध्यक्ष चौलागाईले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सम्पुर्ण पदाधिकारीहरु, सल्लाकारहरु तथा नेपालमा ब्याबस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रम सफल बनाउन नेपालमा संस्थाका सल्लाहकार हरिकृषण श्रेष्ठ, ब्याबस्थापन साथै बितरणमा सँस्थाका सस्थापक अध्यक्ष तथा सल्लाकार यम श्रेष्ठ, बरिस्ठ सल्लाहकार सानु लामा, सँस्थाका उपाध्यक्ष देबि माया चौलागाई, उपाध्यक्ष अजय लामा, केशबमान लामा, डि यन गौतम, प्रियतन श्रेष्ठ,धिरज लामा, नरेश योन्जन, रोजिना घ्लान, दिवाकर चौलागाई, सल्लाहकार रामकृष्ण आचार्य लगायतले विशेष भूमिका निभाएका थिए ।

दक्षिण कोरियामा सन २०११ मा स्थापना भएको यस संस्थाले स्थापना काल देखीनै काभ्रे जिलामा विभिन्न सामाजिक कार्यहरु गदै आएको छ । कोरोना कालमा काभ्रे जिल्लाको १३ वटै स्थानीय निकायहरुमा अक्सिजन सिलिन्डर तथा पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) लगायत सहयोग गरेको थियो । यस्तै गत वर्ष पनि जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो ।

संस्थाको सिमित आन्तरिक श्रोत तथा बचत कोषको ब्याज बापत प्राप्त रकमबाट यस अभियान संचालन गरेको र यसलाई आगामि बर्षहरुमा पनि निरन्तरता दिने जनाएको छ ।

सहयोग हस्तानतरण गरिएको विद्यालयको नामावलीः
१.श्री जनउन्नति प्रा. बि. महाभारत,३
२.श्री भगवती प्राथमिक विद्यालय महाभारत ,२
३.जन संदेश प्राथमिक विद्यालय महाभारत ,१
४.श्री ज्ञानकुन्ज आधारभुत विद्यालय खानिखोला,६
५.श्री रक्तआधारभुत विद्यालय खानिखोला ,७
६.श्री धार्तेज्योती मा.बि. खानिखोला , १
७.छत्रेपिपल प्रा. बि. रोशी, ९
८.ईन्द्रावती प्रा.बि. रोशी ,७
९.भिमेश्वर मा. बि. रोशी, ११

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×