राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो।

संस्थागत सहयोगतर्फ १६ लाख ६७ हजार वन, व्यक्तिगत रुपमा चलाईएको अभियानबाट ५६ लाख ३९ हजार २ सय बत्तिस वन, अनलाईन/अफलाईन टिकटबाट ३० लाख ७५ हजार वन र स्पोन्सर बाट १ लाख ५५ हजार वन आम्दानी भएको अध्यक्ष के सीले बताउनु भयो ।
फिल्म खरिद, हल भाडा, पोष्टर प्रिन्ट लगायत अन्य आवश्यक सामाग्री र व्यव्स्थापनमा २८ लाख ६० हजार वन खर्च भएको थियो ।
बचत भएको रकम आपतकालिन राहतकोषमा सङकलन गरीएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ ।









