विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु...
१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७ by विशाल श्रेष्ठNo Comments
बोमजन गुरुङ:दक्षिण कोरिया बुसानमा रहेको चिरपरिचित नेपालीहरुको साझा संस्था नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन सम्पन्न भएको छ । नोक्सान पार्कमा भएको उक्त अधिवेशनबाट संस्थाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र सोही संस्थाका संरक्षक संगित अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्की, सुदुरपश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु, नोक्सान नेपाली युवा परिवारका संस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने, संस्थाका सल्लाहकारहरु दिल गाहा, शिबराम आचार्य, जनकराज पौडेल, मामा हर्क राई, पवन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव केशव रिमालले कार्यक्रम सन्चालन गरेका थिए । प्रमुख अतिथि अधिकारिले परदेशी नेपालीहरुको...
१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८ by विशाल श्रेष्ठNo Comments
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प...
१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो।
संस्थ...
१२ असार २०८१, मंगलवार ०२:१११२ असार २०८१, मंगलवार ०२:१११२ असार २०८१, मंगलवार ०२:११ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हु...