बोमजन गुरुङ:दक्षिण कोरिया बुसानमा रहेको चिरपरिचित नेपालीहरुको साझा संस्था नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन सम्पन्न भएको छ । नोक्सान पार्कमा भएको उक्त अधिवेशनबाट संस्थाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र सोही संस्थाका संरक्षक संगित अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्की, सुदुरपश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु, नोक्सान नेपाली युवा परिवारका संस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने, संस्थाका सल्लाहकारहरु दिल गाहा, शिबराम आचार्य, जनकराज पौडेल, मामा हर्क राई, पवन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव केशव रिमालले कार्यक्रम सन्चालन गरेका थिए । प्रमुख अतिथि अधिकारिले परदेशी नेपालीहरुको एकताले हरेक सुख दुःखमा आत्मीय सम्बन्ध कायम गर्दै विभिन्न सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय यस संस्थाले विगतदेखि बुसान क्षेत्रमा गरिरहेको विभिन्न काम र कार्यक्रमको प्रशंसा गर्दै खुशी व्यक्त गरेका थिए ।
“सहयोगी भावनाका साथ बिताऔं परदेशी जिवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१४ मा स्थापना गरिएको संस्थाको चौथो अधिवेशन मार्फत् निर्विरोध चयन भएका कार्यसमिति यसप्रकार रहेको छ ।
अध्यक्ष : राजेन्द्र प्रसाद लामिछाने
वरिष्ठ उपाध्यक्ष : शिवराम आचर्य
उपाध्यक्ष : पवन पोखरेल
उपाध्यक्ष : आनन्द राइ
महासचिव : आयुश खड्का
सचिव : नारायण सुबेदि
कोषाध्यक्ष : लक्ष्मण महतो
सदस्यहरुमा :
प्रकाश पौडेल
उमेश राई
सुजन क्षेत्री
कमल नेपाल
युवराज सुइयाल र
दिपक बहादुर खड्का









