विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “नेपकोर इन्टरटेन्मेन्ट”ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छन्।









