विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ सेप्टेम्बर १५ तारिखका दिन सउलमा “छुसक डान्स पार्टी २०२४”आयोजना गर्नेभएको छ।
भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시 중구 퇴계로 217 충무로4가 (진양상가 2층) मा आउँदो सेप्टेम्बर १५ तारिख साझ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म ननस्टप डिजे डान्स पार्टी गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्यक्ष सुनिल बान्तावा राइले विशाल आवाजलाई जानकारी गराउनुभएको छ।
साथै यसपालिको सऊलमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गरेको छ।









