Advertisement
Advertisement

मनोरञ्जन

गायक प्रमोद खरेलको स्वरमा राम शर्माको  ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक, भिडियो सहित

गायक प्रमोद खरेलको स्वरमा राम शर्माको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक, भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
गायक प्रमोद खरेलको स्वर तथा  दक्षिण कोरियामा रहेका राम शर्माको लेखनमा बनेको मर्म स्पर्शी गीत "किन रुन हुन्न मर्दले" सार्वजनिक भएको छ।  मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा रोशन सिंहको संगीत रहेको छ भने एरेन्ज भने  विशाल निरौलाले गरेका छन्। कुमार रानाले मिक्स मास्टरिङको गरेको गितमा रेकर्ड भने रेकर्डिस्ट सुमन राना र खुमन रानाले गरेका हुन्।  भिडिओमा  विक्रम बुढाथोकी र एलिना रायमाझीले मुख्य अभिनय गरेका छन्। यसैगरी  शिवु पाण्डे, दिनेश गोर्खाली र बालकलाकार अबिन तामाङको समेत अभिनय रहेको छ।विवाहित जोडीको कथा देखाइएको भिडिओको कथा र निर्देशन विक्रम चौहानले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने सञ्चारकर्मी समेत रहेका लक्ष्मण शर्मानै भिडिओका निर्माता समेत हुन्। https://youtu.be/tI00XR9pNCI?si=_HQ74ag02D4nbdKt  ...
सलनालमा “1974 AD ब्यान्ड” कोरियामा घन्किने

सलनालमा “1974 AD ब्यान्ड” कोरियामा घन्किने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD सलनालमा कोरियामा पनि घन्किने भएको छ। कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा  जनवरी २८ तारिखका दिन सउलमा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुने “माछापुछ्रे सांगीतिक सौगात भाग ४” मा 1974 AD घन्किने भएको हो।  आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम गरी माछापुछ्रे सांगीतिक सौगात भाग-४ को कलाकारसहितको पोस्टर सार्वजनिक गरि आयोजकले यो सलनालमा  1974 AD ब्यान्ड कोरिया ल्याउने जनाएको हो। यो मन त मेरो नेपाली हो , सम्बोधन तिमिलाइ, धेरै धेरै आउछ,पहिलो जुनीमा, परेलीमा लुकाइ राखन, गुराँसै फुल्यो बनैमा, सम्झी बस्छु,छुँदैन तिम्रो मायाले, वरपरी गाउँभरि हल्ला छ लगायत दर्जनौं हिट गित दिन सफल आफ्नो स्थापनाको ३० औ वार्षिकोत्सव मनाइरहेको  1974 AD ब्यान्डले कोरियाको सउलमा पनि सलनालमा लाइभ प्रस्तुति दिने भएको हो।  नेपाली...
कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
बोम्जन गुरुङ/दक्षिण कोरिया:नेपाली आधुनिक गीतसंगीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "तिम्रो मेरो सम्बन्ध" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको "टीम बुलेट" को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् । https://youtu.be/ym5ljZEexd0?si=naDll-Hg7ZQHTiQt "जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै'छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने भाव गीत मार्फत् प्रष्ट झल्किन्छ । मायालु जोडीमा हुने केही छट्पटी, उतार चढावका भावहरुले गीतको उचाई अझ बढाएको छ । "तिम्रो मेरो सम्बन्ध" गीतमा संगीत स्वयं उदय सोताङले नै भरेका छन् । सुर संगम स्टुडियोमा रेकर्डिङ, एरेन्जमा कृष्ण...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा निर्दोष शिव चयन

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा निर्दोष शिव चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।  कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो। रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश‌ समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा  आयोजना हुन लागेको कार्यक्रमको  कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका  संरक्षक परिष...
दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’  निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग  उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।   ‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन  सफल फिल्म ‘ह्रस्व दीर्घ’ द...
कविता- सियो खोइ सियो ✍️भरत खत्री

कविता- सियो खोइ सियो ✍️भरत खत्री

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, लेख
  कविता- सियो खोइ सियो ✍️भरत खत्री  तिमी सियो अनि धागो म, बन्न पाए जीवन यात्रा तिमी संगै अघि बढाउन पाए, हार पनि जित हुन्थ्यो, जीत झन संगीत, तिमी संगै दुइचार कदम अघि सर्न पाए, के भन्छौं तिमी कि, आटिदिने हो यो जोवन एक अर्कालाई साटिदिने हो, पुरानै सैलिमा नौ डाडा काटि दिने हो, भन्छौं भने तिमी तारा टिपेर दिन, म...त्यो सक्दैन तर तिम्रो लागि म, तारा सम्म पुग्ने यन्त्र बनाउन सक्छु, तिमी मेरो म तिम्रो भनी, जुनसुकै मन्त्र जप्न सक्छु, के भन्छौं तिमी कि आटिदिने हो, यो जीवन हाम्रै नाममा साटिदिने हो, पुरानै शैलीमा पञ्चेबाजा बजाइ दिने हो, पर्दैन रत्तिभर डराउन नजिक हुनलाई मुनामदन, पक्कै फल्प खान्छ हाम्रो प्रेमकथा अमर बन्नलाइ, च्यालेङ्ज गरौं, आउ... रोमियो र जुलिटलाइ मुना र मदनलाई लैला र मजनुलाइ खासगरी तिम्...
दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रम हुने

दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रम हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
नेपाली नयाँ बर्ष २०८१ को अवसर पारी दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना गरिएको छ । वैशाख १ अर्थात् अप्रिल १३ तारिख शनिबार बेलुका ७ बजेदेखि कार्यक्रम नमस्ते नेपाल रेष्टुरेण्टमा कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन् । गायकहरू सिमोन जिएम, एरिक लिम्बु, अर्जुन सुब्बा, हेमन्त गुरुङ र र्‍यापर प्रकाश अर्थात् माइदेवले आफ्नो प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा विभिन्न नेपाली परिकारहरूको स्वाद समेत लिन सकिन्छ । नमस्ते नेपाल रेष्टुरेण्ट केही समय अगाडिदेखि छाङ्वनमा संचालनमा रहेको छ।...
तेस्रो सातामा ‘महाजात्रा’ : नेपालमा दश करोड चौध लाख ग्रस कलेक्सन

तेस्रो सातामा ‘महाजात्रा’ : नेपालमा दश करोड चौध लाख ग्रस कलेक्सन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
  फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको छ । पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए । फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्त...
बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ४ सहरमा प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ४ सहरमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, मनोरञ्जन
  विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ। सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्।   उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले नै बक्स ...