काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र
काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र
सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यही २८ तारिक १२ बजेदेखी कार्यक्रम शुरु हुँदैछ जसकी तयारी अन्तिम चरणमा पुगेको छ ।
सेल्टर व्यवस्थापन तथा आपतकालिन राहात कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षत्रका सदाबहार गायक बद्रि पंगेनी आफ्नो प्रस्तुति दिन आउदैँ हुनुहुन्छ । पंगेनीका हजारौँ गितहरु नेपाली दर्शकले रुचाउनुभएको छ । मन थिएन जोगी बन्न लाइ, ससुरालीमा, रातो पच्छ्यौरी, पैसा सापटी लगायत थुप्रै चर्चित गीतहरुमा उहाँको आवाज छ ॥
त्यस्तै कार्यक्रममा पछिल्लो समयका थुप्रै चर्चित गीतहरुी गायिका एन्जिला रेग्मी पनी आउँदै हुनुहुन्छ । ओइ मेरो माया छ कि छैन होइ, दिलको भित्तामा, रेबन चश्मा लगायत थुप्रै गीत दर्शकले अत्याधिक ...









