जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन अधिबेशन गर्ने भएको छ।
अधिबेशन मा जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजि शेर्पा र नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुति को उपस्थिति रहने आयोजकले जनाएको छ।
दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण राष्ट्र प्रेमि प्रगतिशील, न्याय प्रेमि, जनसमुदायलाई गरिमामय उपस्थिति भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।...
२९ पुष २०८०, आईतवार १५:२७२९ पुष २०८०, आईतवार १५:२७२९ पुष २०८०, आईतवार १५:२७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४,सउलमा भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न विधाका विज्ञहरु कानुनविद् पार्क कुमसोङ(park kumsong) , प्रोफेसर योककुक किम(yongkuk Kim),कोरियन प्रहरीमा कार्यरत नेपाली चेली सम्झना राइ तथा एनआरएनए महिला संयोजक निला राइ लगायतले कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका क...
२८ पुष २०८०, शनिबार १३:१२२८ पुष २०८०, शनिबार १३:१२२८ पुष २०८०, शनिबार १३:१२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने “स्याङ्जा बुसान सांगितिक धमाका” को पोष्टर सार्वजनिक गरेको छ।
किम्हे बुसान स्थित लुम्बिनी रेष्टुरेन्टको को सभाहलमा आयोजित चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले माहोल तताउने कार्यक्रम को पोस्टर सार्बजनिक कार्यक्रममा बुसान स्थित विभिन्न संघसंस्था लगायत व्यक्ति हरुको हरुको बाक्लो उपस्थिति रहेको थियो।
सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख १२ बजे वाट सुरु हुने "स्याङ्जा बुसान सांगितिक धमाका" मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथमा समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति ...
२८ पुष २०८०, शनिबार ०९:३५२८ पुष २०८०, शनिबार ०९:३५२८ पुष २०८०, शनिबार ०९:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुने नाइट डान्स पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर G-BOB सुदिप भण्डारी ले सउलमा माहोल तताउने भएको छ।
राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।서동차차차 스텐드빠 나이트 서울 특별시 증구 흥인동 15 ㅂ번지 मा हुने ANTF र्याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल बाउ बोला ए,भागभाग लगायत फ्रि स्टाइलको र्याप ब्याटलमा चर्चित सुदिप भण्डारी AKA G-BOB को साथमा कोरियामा रहेको स्थानिय र्यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र...
२७ पुष २०८०, शुक्रबार १४:१५२७ पुष २०८०, शुक्रबार १४:१५२७ पुष २०८०, शुक्रबार १४:१५ by विशाल श्रेष्ठNo Comments
कमला केसी/दक्षिण कोरिया:"पाँच-स" दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिख दिउसो १२ बजे आनसानमा रहेको पाच-स कै सास्कृतिक घर(साझा मन्दिर) पुस्तकालयमा हुने भएको छ ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच-स को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व...
२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९ by विशाल श्रेष्ठNo Comments
गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।
गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज्:स्याङ्जा परिवार दक्षिण कोरियाले यहि आउँदो जनवरी २१ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल देङ्देमुनमा आफ्नो २६औ वार्षिक साधारणसभा गर्ने भएको छ।
“स्याङजाली एकता उपकारी मन, सद्भाव संगै बिताऔ परदेशी जीवन " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
नेपाल थाइ रेष्टुरेन्टको सभा हल, देङ्देमुन सउलमा जनवरी २१ आइतबारका दिन ११ बजे वाट सुरु हुने २६औ वार्षिक साधारणसभा कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति हुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।...
१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९ by विशाल श्रेष्ठNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४ जनवरी १४ ,सउलमा गर्ने भएको छ।
कार्यक्रममा विज्ञहरुबाट कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्ने जस्ता शिर्षक आयोजकले छुट्याएको छ।
बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत...
१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय...
१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
१७ पुस, काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।
अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।
...