विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
“विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर “आपसी सहकार्य” विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाको प्रमुख आयोजकत्वमा र ख्यङसाङनाम्दो बुसानमा रहेको एघार जातिय सस्था हरुको सह- आयोजनामा हुन लागेको “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रममा ख्यङसाङनाम्दो क्षेत्रमा रहेका संघ संस्था लगायत सम्पूर्ण नेपाली जनसमुदायमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।